Close This

तीनपाटनमा १ सय ८७ जना कोरोना संक्रमित,३ जनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-६ गते   ८५ पटक हेरिएको

सिन्धुलीको तीनपाटन गाउँपालिकामा मात्र हालसम्म १ सय ८७ जना कोरोना संक्रमित भएका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाईरस संक्रमण फैलिए पश्चात तीनपाटन गाउँपालिकामा हालसम्म १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित भएका मध्य गाउँपालिकामा अहिले ३ जना महिला र ४ जना पुरुष गरि ७ जना सक्रिय संक्रमित रहेका गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर दुलाल(कमल)ले जानकारी दिनुभयो । उहाँका अनुसार हाल होमआईसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको छ । स्वास्थ्य शाखाका अनुसार तीनपाटन गाउँपालिकामा हालसम्म ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने अन्य संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।
यस्तै, गाउँपालिकाले संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिई रहेको र  अप्ठ्यारो परेमा संस्थागत आईसोलेसनमा ल्याई उपचार गरेको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताउनुभयो । साथै अहिले होम आईसोलेसनमा रहेका हरुको स्वास्थ्यमा सुधार भईरहेको पनि अध्यक्ष मगरले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो । पुष्पा सुनुवार सिुन्धुली
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech