Close This

चौथो नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीतामा लालबन्दी नगरपालिका १६ फाईनलमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२३ गते   २८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा जारी चौथो नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीतामा लालबन्दी नगरपालिका १६ को योङ्ग स्टार युवा क्लब फाईनलमा प्रवेश गरेको छ । असोज १५ गतेबाट शुरु भएको चौथो नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीतामा लालबन्दी नगरपालिका ८ लाई ४–० गोल अन्तरले पराजित गर्दै लालबन्दी १६ फाईनलमा प्रवेश गरेको हो ।
आज(शनिबार) भएको दोस्रो सेमी फाईनलमा खेलमा लालबन्दी १६ को योङ्ग स्टार युवा क्लबको तर्फबाट शंकर परियार १ गोल,अविरल विक १ गोल,रमेश बस्नेत १ गोल र सागर स्यांतानले १ गोल गर्दै लालबन्दी ८ का विरुद्ध चार सुन्यको जीत निकाल्दै लालबन्दी १६ फाईनलमा प्रवेश गरेको सहकर्मी राजेश थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार लालबन्दी नगरपालिका १ मा भएको प्रतियोगीतामा लालबन्दी नगरपालिकाका १७ वटा टिमको सहभागीता रहेको थियो । नक आउट चरणमा भएको खेलमा लालबन्दी १६ वाईमा परि सोमिफाईनलबाट खेलमा प्रवेश गरेको हो ।
अब सोमबार हुने फाईनल खेलमा लालबन्दी नगरपालिका १६ र लालबन्दी नगरपालिका ६ वीच फाईनल खेल हुने लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापाले जाकारी दिनु भयो । उहाँका अनुसार अब फाईनलमा आफ्नो टिमले जीतेमा प्रथम र लालबन्दी ६ ले जीतेमा आफ्नो टिम द्धितिय हुने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech