Close This

स्वतन्त्र उम्मेदवार श्रेष्ठको चुनाव चिन्ह जेव्रा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२६ गते   ११८६ पटक हेरिएको

सर्लाहीको क्षेत्र नम्बर १ ( ख) बाट स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठले चुनाव चिन्ह जेव्रा पाएका छन् । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य अन्तर्गत सर्लाही क्षेत्र नम्बर १(ख) बाट आफ्नाे स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले आज चुनाव चिन्ह जेव्रा पाएका हुन ।
निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने क्रममा श्रेष्ठले जेव्रा प्राप्त गरेका हुन् । ’मैले चुनावी चिन्ह जेव्रा पाएको छु, म खुसी छु, अब हामी चुनावी प्रचारको लागि गाँउगाँउ पुग्नेछौँ ।’ उनले आफ्नो उम्मेदवारी विकास र सही राजनितिको लागि भएको समेत बताएका छन् ।
 लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका श्रेष्ठ  सर्लाही १(ख) का युवाका आशा र भराेसाका केन्द्र हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech