सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर स्थित रहेको उष्ण प्रदेशीय बागवानी केन्द्र भित्र रहेको साल तथा अन्य प्रजातीको ठूलो परिमाणको काठ हराएको रहस्य फेला परेको हो ।केन्द्रको लिची बारीमा रहेको ठूलो सालको रुखको ठुटा मात्रै फेला परेपछि सोसँगै सिसौ लगायतका प्रजातीको काठ केन्द्र परिसरबाट हराएको रहस्य बाहिरिएको हो।केन्द्र परिसरमा रहेका रूख तथा काठहरु हराउनुले केन्द्र प्रमुख रामकुमार यादवको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
दैनिक ज्यालादारी कर्मचारीहरुलाई अनावश्यक तनाव दिएर कामबाट हटाउने,माछा पोखरी खन्ने भनेर कार्यालयको बजेट दुरुपयोग गरी आर्थिक अनियमितता गरेको,दैनिक ज्यालादारी कर्मचारीहरुलाई आफ्नो घरमा लगेर काममा लगाउने र कार्यालयबाट तलब खुवाउने गरेको, केन्द्र भित्र विगत चार वर्षदेखि तोरी खेती गरी आफुखुसी बिक्री गर्ने र सो वापतको रकम अनियमितता गरेको लगायतका आरोप लागि रहेका केन्द्र प्रमुख यादवमाथि कार्यालयको ट्याक्टर प्रयोग गरेर केन्द्र परिसरमा रहेका काठ घर पुर्याउने काम गरेको समेत आरोप लागेको हो ।
स्रोतका अनुसार उनीमाथि केन्द्र भित्र रहेको जंगल काँटेर इँटा भट्टामा काठ बिक्री गरेका साथै यस अघिका कार्यालय प्रमुखले कार्यालय परिसरमा राखेका सिसौका काठ दुई टेलर समेत अन्यन्त्र बिक्रि वितरण गरेका,केन्द्रमा दुई वटा भैँसी पालेर पछि बेची सो वापतको रकम समेत अनियमितता गरेका लगायतका आरोप लागेका छन् ।
८० वर्ष पुगेका दैनिक ज्यालादारी कर्मचारीहरुलाई काममा राखेर ६५ वर्षका दैनिक ज्यालादारी कर्मचारीहरुलाई हटाउने योजना बनाएका,दैनिक ज्यालादारी कर्मचारीहरुको सार्वजनिक बिदाको दिनमा पनि पारिश्रमीक कटौती गर्ने गरेका र उनी विगत करिब चार वर्षदेखि केन्द्र प्रमुखको रुपमा र विगत करिब सात वर्षदेखि केन्द्र मै कार्यरत रही आर्थिक अनियमितता गर्ने कार्यक्रमा संग्लग्न रहेका समेत स्रोतले आरोप लगाएको छ ।
त्यस्तै,काठ कहाँ लगियो, कसको आदेशमा कटान भयो ? कति परिमाणमा काठ उत्पादन भयो ? र त्यसको आम्दानी सरकारी खातामा दाखिला भयो वा भएन भन्ने विषयमा पारदर्शी जवाफ आउन आवश्यक रहेको स्थानीय जानकारहरु बतचाउँछन् ।उनीहरुका अनुसार काठ व्यवस्थापनमा मात्रै नभई केन्द्रको समग्र प्रशासनिक तथा आर्थिक गतिविधिमा समेत अनियमितता भएको आरोप सार्वजनिक भएको छ।कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालयको नियमित जिम्मेवारीभन्दा बाहिर लगाएर घरायसी काममा खटाउने गरिदाँ प्रशासनिक मर्यादा र सार्वजनिक सेवाको मर्म विपरीत भएको उनीहरु बताउँछन् ।
सरकारी जग्गा,श्रम,स्रोतसाधन र बजेट प्रयोग गरेर उत्पादन गरिएको कृषि उपज बिक्री गर्दा आम्दानीको विवरण सार्वजनिक हुनुपर्ने हो।तर उत्पादन,बिक्री परिमाण,बिक्री मूल्य र राजस्व दाखिला सम्बन्धी विवरण माथि प्रश्न सृजना हुनुले केन्द्र प्रमुख यादवको भूमिका शंकास्पद देखिएको स्थानीय बताउँछन् ।केन्द्रबाट वितरण तथा बिक्री गरिने विभिन्न प्रजातिका बिरुवाको उत्पादन,बिक्री मूल्य,बिक्री अभिलेख र आम्दानीको विवरण सार्वजनिक नहुँदा सेवाग्राही तथा सरोकारवालाले आशंका व्यक्त गरेका छन्।
यसैगरी केन्द्रमा उत्पादन हुने आँप तथा लिची बिक्री वितरणमा समेत पारदर्शिता नभएको र आर्थिक कारोबारमा अनियमितता भएको आरोप लागेको छ।फलफूल उत्पादनदेखि बिक्रीसम्मको प्रक्रिया,ठेक्का वा बिक्री अनुमति,प्राप्त रकम तथा सरकारी खातामा दाखिला भएको विवरण सार्वजनिक भएमा वास्तविकता स्पष्ट हुन सक्ने जानकारहरु बताउँछन् ।एउटै कार्यालयभित्र काठ कटान तथा बिक्री,कृषि उत्पादन,बिरुवा वितरण,फलफूल बिक्री र कर्मचारी परिचालन जस्ता विषयमा निरन्तर प्रश्न उठ्नु सामान्य विषय नभएको स्थानीय जानकारहरु बताउँछन् ।
यता,केन्द्र प्रमुख यादवले आफ्नो घरबारीमा कागती रोपेको र केही कर्मचारीहरुलाई विदाको दिनमा एक पटक लगिएको स्वीकार गरे।तर काठ तस्करी लगायतका कार्यमा आफ्नो संग्लग्नता नरहेको दाबी गरे।उनले केही कर्मचारीहरुले बदमासी गरि केन्द्रका आन्तरीक कुराहरु बाहिर लगेका समेत शंकेत गरे जसबाट केन्द्रमा कुनै न कुनै बद्मासी भएको स्पष्ट हुन्छ ।