सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा ट्रेक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दी नगरपालिका १ नवलपुर, बागवानी केन्द्र नजिक शनिवार राती ट्याक्टर दुर्घटना ट्याक्टर चालक लालबन्दी नगरपालिका ११, हीरापुरका अन्दाजी २७ वर्षीय सुकेश्वर राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार राती करिब ८ बजेको समयमा लालबन्दीबाट खेत जोतेर नवलपुर जाँदै गरेको प्रदेश २–०२–००१ त १३७९ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँएर गम्भीर घाइते भएका चालक यादवको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
दुर्घटनामा संग्लग्न सवारी साधन ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको छ । भने घटनाको वारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।