Close This

कृषि बजार नवलपुरमा ७५लाखको भवन निर्माण सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१२ गते   ५४४ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सर्लाहीको लालबन्दी नगरपालिका १  स्थित रहेको कृषि बजार व्यावस्थापन समिति नवलपुरको तीन कोठो भवनको सिलान्यास गरिएको छ । लालबन्दी नगरपालिका १ स्थित रहेको कृषि बजार व्यावस्थापन समिति  नवलपुरको तीनकोठो नयाँ भवनको शुक्रबार सिलान्यास गरिएको हो ।


पशु विकास निर्देशनालय हेटौँडाको रु ५० लाखको रकममा निर्माण हुने भवनको शुक्रबार राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवानले सिलान्यास गरेको कृषि बजार व्यावस्थापन समिति नवलपुरका अध्यक्ष सुसिल चालिसेले जानकारी दिए । उनका अनुसार पशु निर्देशनालय हेटौँडाको रु ५० लाख अनुदानमा बजारमा भवन निर्माण हुने  भएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा निर्माण सम्पन्न गर्ने  गरी अमन निर्माण सेवा प्रा.लिले निर्माणको काम पाएको हो ।


त्यस्तै प्रदेश कृषि निर्देशनालय मधेश प्रदेशको रु २५ लाखको लागतमा तरकारी स्टल पनि निर्माण सुरु भएको समितिले जनाएको छ । सिलान्यास कार्याक्रममा राष्ट्रिय सभा सदस्य पासवान,लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरि बहादुर भट्टराई(हरिहर),समितिका अध्यक्ष चालिस लगायतको उपस्थिती रहेको थियो ।
चालिसे अध्यक्ष भएपछि 
तरकारी बजार समितिले संस्था दर्ता प्रक्रिया अगाडि बढाईसकेको र प्यान नम्बर समेत लिई सकेको छ । आफु अध्यक्ष भए लगतै संस्थाको प्यान बनाएको र संस्था दर्ता प्रक्रियामा गईसकेको अध्यक्ष चालिसेले जानकारी दिए ।
चालिसे अध्यक्ष भएको समितिले करिब छ महिनामा संस्थाको प्यान लिनुका साथै संस्था दर्ताको प्रक्रिया अगाडि बढाई सकेको छ । साथै बजारमा विजुली बत्ति जडान,सिसि क्यामेरा जडानको क्रममा,संस्थाको संरचना भित्र तरकारी बजार व्यावस्थापनको प्रयास,पशु निर्देशनालय हेटौँडाबाट पशु बजार व्यावस्थापनका लागि रु ५० लाख रकम ल्याएका, कुषि निर्देशनालय  मधेश प्रदेशबाट रु २५ लाख ल्याएका र नेपाल सरकारको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयबाट  करिब रु दुई करोड ५० लाख ल्याउने प्रक्रिया तयारी गरिएको कृषि बजार व्यावस्थापन समिति नवलपुरका अध्यक्ष चालिसेले जानकारी दिए । उनले आफु अध्यक्ष भएपछि बजारका लागि गरेको राम्रो काम देखेर निवर्तमान समिति अतालिन थालेको बताए । आफुले वडा कार्यालय,नगरपालिका र कृषि ज्ञान केन्द्रहरुमा वास्तविकता बताएको पनि अध्यक्ष चालिसेले बताए । 
लालबन्दी नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र लालबन्दी नगरपालिका १ र २ का वडा अध्यक्षहरु बसेर छलफल गरि गठन भएको समितिले बजार व्यावस्थापनको काममा निकै प्रगति गर्ने स्थानीय व्यापारीहरुले बताएका छन् । हालको समिति २०७९ साउन २६ गते  लालबन्दी नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र लालबन्दी नगरपालिका १ र २ का वडा अध्यक्षहरुको रोहबरमा चयन भएको हो । समितिमा एक अध्यक्ष र पाँच जना सदस्य गरि ६ जना रहने व्यावस्था छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech