हेडक्वाटरको आदेश विपरीत काजमा बसेर बिचौलिया बन्दै कमिसन असुलीमा लिप्त सिमराका वरिष्ठ सई थपलिया

99 Shares

प्रहरी संगठनभित्र जिम्मेवारी, सरुवा तथा काजसम्बन्धी निर्णयको आफ्नै प्रक्रिया र अनुशासन हुन्छ।तर प्रहरी प्रधान कार्यालयको आदेश तथा संगठनात्मक निर्णयलाई बेवास्ता गर्दै लामो समयदेखि काजमा बसेर प्रहरीको अधिकार र पहुँचलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दै प्रहरी संगठनको आचरण विपरित काम गर्ने क्रम रोकिएको छैन् ।सोही क्रममा लामो समयदेखि जिल्ला प्रहरी कार्यालय बाराको लेखाशाखामा काम गरेका हाल इलाका प्रहरी कार्यालय सिमरा,मा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक रुपेश थपलियाको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ।
नेपाल प्रहरी विशेष सुरक्षा गण रानी विराटनगरमा दरबन्दी रहेको वरिष्ठ सई थपलिया बाराको मालदार मानिएको ईलाका प्रहरी कार्यालय पथलैया प्रमुख समेत भएर बसी हाल ईलाका प्रहरी कार्यालय सिमरामा सुवेदार मेजर सहित घुमुवा र विचौलियाको भूमिका मा रहेका पाइएको छ ।दरवन्दी अन्यन्त्र रहेका उनी काजमा बसी ईलाका प्रहरी कार्यालय पथलैयाको प्रमुख भएको समयमा पनि चर्काे विवादमा आएका थिए भने अहिले फेरी ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक जय कृष्ण भट्टको चाकरी गर्दै बिचौलिया,सुवेदार मेजरका साथै घुमुवा समेत बसेर रकम असुली गर्ने कार्यमा सक्रिय रहेका प्रहरी कर्मचारीहरु नै बताउँछन् ।
एक प्रहरी कर्मचारीहरुका अनुसार केही दिन पहिला एउटा भारतिय टाएल्स बोकेर आएको ट्रकले नेपाल टेलिकमको तार तथा पर्खालमा क्षेती पुर्याउँदा त्यहाँ रहेको खानेपानीको पाईपमा क्षती पुगेपछि सोको क्षतीपूर्ति वापतको रकम रु ८६ हजार तिरेकोमा उत्त रकम उनै वरिष्ठ सई थपलियाले बुझेका र सो कार्यमा तत्कालीन प्रहरी निरीक्षक प्रकाश थापा समेत संग्लग्न रहेका थिए।ईलाका प्रहरी कार्यालय सिमरामा तत्कालीन समयमा मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक थापा र हाल कार्यरत बरिष्ठ सई थपलियाले उत्त रकम लिएका खानेपानीलाई भुत्तानी नगरेपछि सो रहस्य बाहिरिएको हो ।
नेपाल प्रहरी विशेष सुरक्षा गण रानी विराटनगरमा दरबन्दी रहेको वरिष्ठ सई थपलियाले ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक भट्ट कै मेशमा खाना खाने तथा बिहानदेखि बेलुका सम्म उनकै चाकरी गर्दै प्यारो बन्न खोज्ने र प्रहरी संगठनको आचरण विपरितका गतिविधि गर्ने गरेका प्रहरी कर्मचारीहरु नै बताउँछन्।प्रहरी कर्मचारीहरुका अनुसार वरिष्ठ सई थपलियाले आफ्नो जिम्मेवारी र पहुँचलाई प्रयोग गर्दै प्रहरी र सर्वसाधारणबीच बिचौलियाको भूमिका निर्वाह गर्ने गरेको तथा विभिन्न काम मिलाइदिने नाममा आर्थिक लेनदेन तथा कमिसन असुलीमा संलग्न हुने गरेका छन् ।प्रहरी कार्यालय नागरिकलाई सुरक्षा दिने र कानुन कार्यान्वयन गर्ने निकाय हो।तर प्रहरी कर्मचारीमाथि “बिचौलिया बनेर कमिसन असुल्ने” जस्तो गम्भीर आरोप लाग्नु आफैंमा संगठनका लागि चिन्ताको विषय हो।अझ काजसम्बन्धी आदेश तथा निर्णयलाई बेवास्ता गरेर एउटै स्थानमा प्रभाव जमाइ राख्नु र दरवन्दी नजानुले प्रहरी प्रधान कार्यालयको आदेश निमुखा कर्मचारीहरुका लागि मात्रै हो ? भन्ने प्रश्न सृजना गरेको छ ।प्रहरीको सरुवा प्रणाली, कमाण्ड संरचना र संस्थागत अनुशासन के कमजोर कर्मचारीहरुका लागि मात्रै हो भन्ने प्रश्न उठाएको छ ।
सिमरा क्षेत्र व्यापारिक तथा औद्योगिक गतिविधिको महत्वपूर्ण केन्द्र रहेकाले यहाँ प्रहरीको भूमिका अझ संवेदनशील हुनुपर्छ। व्यवसायी, यातायात व्यवसायी,सर्वसाधारण तथा विभिन्न क्षेत्रसँग प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी कर्मचारीले आफ्नो पद र पहुँचको दुरुपयोग गरे त्यसको प्रत्यक्ष असर नागरिकको विश्वासमाथि पर्छ।
वरिष्ठ सई थपलियालाई जोडेर उठेका आरोपमा यदि सत्यता छैन भने उनले सम्बन्धित आरोपको तथ्यसहित खण्डन गर्नुपर्ने देखिन्छ।र यदि कुनै आर्थिक लेनदेन,कमिसन असुली वा अधिकारको दुरुपयोग भएको प्रमाण भेटिन्छ भने प्रहरी संगठनले आफ्नै कर्मचारीमाथि समेत कठोर कारबाही गर्न सक्नुपर्छ।प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी नेतृत्वले समेत यस विषयलाई“आन्तरिक विषय”भन्दै पन्छाउने अवस्था आउनु हुँदैन।काजमा बस्ने कर्मचारीको जिम्मेवारी,काजको अवधि, आदेशको आधार तथा कार्यसम्पादनबारे स्पष्ट अभिलेख राख्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित प्रहरी नेतृत्वकै हुन्छ।
यदि प्रहरी प्रधान कार्यालयको आदेश विपरीत कुनै कर्मचारीलाई निरन्तर काजमा राखिएको हो भने त्यसको कारण समेत सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने आवाज उठ्न थालेको छ।प्रहरीमा सरुवा र काज प्रणाली पहुँच तथा प्रभावका आधारमा चल्ने हो भने नियम,विधि र संगठनात्मक अनुशासनको औचित्य माथि नै प्रश्न उठ्ने जानकारहरु बताउँछन् ।
अझ कमिसन असुली र बिचौलियाको भूमिकासम्बन्धी आरोप गम्भीर प्रकृतिको भएकाले यसबारे आन्तरिक छानबिन मात्र नभई आवश्यक परे आर्थिक कारोबार समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ।प्रहरी संगठनको प्रतिष्ठा केही व्यक्तिको व्यवहारका कारण कमजोर हुन दिनु हुँदैन। नागरिकले प्रहरीसँग डर होइन,विश्वास खोजेका छन्।त्यसैले इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत वरिष्ठ सई थपलियामाथि लागेका काज, बिचौलियाको भूमिका तथा कमिसन असुली सम्बन्धी आरोप बारे निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय बारासँग स्थानीयले माग गरेका छन् ।
यता,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक भट्टल सो सम्बन्धमा सबै सत्य नभएपनि केही सत्य भएको स्वीकार गरे ।उनले समाचारमा केही सच्याउनु पर्ने भएकाले भेटेर मात्रै समाचार प्रकाशन गर्न कमलामाई मिडिया प्रा.लिसंग अनुरोध गरे । 

सम्बन्धित समाचार