सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्की(विजय) विरुद्ध रु २२ लाख नतिरेको भन्दै प्रभु बैँकमा उजुरी परेको पाईएको छ।२०८२ फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वाट उम्मेदवार बनी सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कार्कीले चितवनको खैरहनीमा करिब ११ महिनाअघि खरिद गरेको दुई तले घरको रकम भुक्तानी विवाद बढ्दै जाँदा घरधनी पक्षले उनलाई प्रभु बैँक मार्फत कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न निवेदन दिएपछि सो रहस्य बाहिरिएको हो ।
खैरहनीका मनोज महतोको घर सांसद कार्कीले रु एक करोडमा खरिद गरेका थिए।महतो विदेश जाने तयारीमा रहेपछि उनले उक्त घर बिक्री गरेका र खरिद सम्झौता अनुसार कार्कीले तत्काल रु ७० लाख भुक्तानी गरेका थिए। बाँकी रु ३० लाख तत्काल भुत्तानी नहुने भएपछि घरधनी महतोको सहमतिमा उक्त रकम उनका ससुरा रुदल महतोको खातामा भुक्तानी गर्ने व्यवस्था गरिएको थियो ।
तर सहमति अनुसार निर्धारित समयमा प्रतिनिधि सभा सदस्य कार्कीले रकम भुक्तानी नगरेपछि विवाद उत्पन्न हुँदै गएको थियो। सांसद कार्कीले दिएको आइसीएफसी बैंकको चेकसमेत नसटेपछि रुदलले गत फागुन २१ गते भएको निर्वाचन अघि चेक बाउन्स गराउँदै प्रहरीमा उजुरी दिएका थिए। सोही घटनापछि सांसद कार्कीको बैंक खाता रोक्का भएको थियो ।

चेक बाउन्स सम्बन्धी विवादका कारण सांसदको शपथ ग्रहण प्रक्रियामा समेत समस्या देखिएपछि कार्कीले रु १० लाख भुक्तानी गरी मुद्दा फिर्ता गराउन पहल गरेका थिए।घरधनी मनोजका अनुसार गत असोजयता उनले सांसद कार्कीबाट रु १० लाख नगद,रु २२ लाखको चेक र थप रु पाँच लाख नगद प्राप्त गरेका थिए।यसरी रु एक करोड मूल रकममध्ये हालसम्म रु ८५ लाख रकम सांसद कार्कीले भुक्तानी गरेका थिए ।
महतोका अनुसार अब मूल रकमतर्फ रु १५ लाख बाँकी छ भने ब्याजसमेत जोड्दा करिब २२ लाख पुग्ने हिसाब निकालिएको छ।सांसद कार्कीले पनि ब्याजको करिब रु १८ लाख तिर्न बाँकी रहेको स्वीकार गरेका छन् ।गत फागुन २८ गते सांसद कार्कीले दिएको रु २२ लाखको चेक पुनः नसाटिएपछि महतोले चेक बाउन्स प्रमाण–पत्र लिएका छन्।उनले प्रभु बैंकको भरतपुर शाखाबाट उक्त प्रमाण–पत्र लिएको र त्यसपछि कर्जा सूचना केन्द्रको कालोसूची प्रक्रियाका लागि निवेदन दिएको बताएका छन् ।
महतोका अनुसार बैंकमा पछिल्लो अवस्थाबारे बुझ्दा निवेदन राष्टू बैंकमा पठाइसकिएको र कालोसूची प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ।पटक–पटक रकम भुक्तानीका लागि आग्रह गर्दा पनि समाधान नभएपछि आफू कानुनी प्रक्रियामा जान बाध्य भएको उनको भनाइ छ।यद्यपि,हालसम्म उनले प्रहरीमा नयाँ मुद्दा दर्ता भने गरेका छैनन् ।यता,सांसद कार्कीले महत्तो समस्यामा परेका बेला सहयोग गर्ने उद्देश्यले उक्त घर खरिद गरेको दाबी गरेका छन्।उनले रकम भुक्तानीमा केही ढिलाइ भए पनि चाँडै सबै बाँकी रकम भुत्तानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यता,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अधिकांश सांसद तथा नेताहरु सहकारी काण्डदेखि सुनकाण्ड ,बैकिङ्ग काण्डका साथै राज्यका विभिन्न घोटालाहरुमा जोडिएका पाइएको छ । सर्लाही क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्य नित्तिमा कार्की (भण्डारी) माथि ३३ किलो सुन काण्डको आरोप लागेको छ ।धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका कारण उम्मेदवारी नै खारेज भएको थियो भने सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवार माथि क्यासिनो व्यावसाय गर्दा लिएको रकम नतिरेको साथै कर्मचारीहरुको पारिश्रमीक नदिएको आरोप लागेको छ । जान्नेलाईै छान्ने नारा लिएर अल्गोरिदम अँगालेर निर्वाचनमा होमिएको रास्वपाका धेरै प्रतिनिधि सभा सदस्यहरु माथि अहिले विभन्नि स्थानहरुमा जनताले कालो मोसो दल्ने लगायतका कामहरु गर्न थाििल सकेका छन् ।भने प्रधानमन्त्री तथा गृह मन्त्री माथि विभिन्न किसिमका आरोपहरु लागि रहेका छन् ।