कविलासी नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन

313 Shares

सर्लाहीको कविलासी नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । कविलासी चोकमा निर्माण गरिएको सुविधा सम्पन्न दुई तले २८ कोठे नगरपालिका कार्यालयको भवन औपचारिक रुपमा उद्घघाटन गरिएको कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव रायले जानकारी दिए ।उनका अनुसार रु एक करोड २५ लाखमा निर्माण गरिएको नगरपालिकाको प्रशासनिक भवन सञ्चालनमा आएपछि नगरपालिकाबाट प्रवाह हुने सेवा सञ्चालनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोले बताए । 
भवनको उद्धघाटन गरिएको भएपनि अहिले आर्थिक वर्षको अन्तिममा योजना तथा कार्यक्रम संचालनकै चटारोले गर्दा सबै सामानहरु सार्न भ्याउने अवस्था नरहेकाले साउनबाट भने सम्पूर्ण शाखासहित नगरपालिकाको सेवा नयाँ भवनबाट प्रवाह हुने प्रमुख प्रशासकीय अधिकृत महतोले बताए ।देश संघीय संरचनामा गएको लामो समय भएपनि जिल्लाका अधिकांश स्थानीय तहहरु भाडाकै घरहरुबाट सञ्चालन भई रहेका छन् ।

सम्बन्धित समाचार