सर्लाहिको मलंगवा नगरपालिका ९ स्थित श्री कृष्णमति माध्यामिक बिद्यालयको प्राङ्गणमा एक अपरिचित पुरुषको शव फेला परेको छ ।
अन्दाजी २२/२३ बर्षको पुरुषको शव आईतबार बिहान स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका र खबर पाउँन साथ प्रहरी पनि घटनास्थलमा पुगेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनाको जाँचबुझ गरि शवलाई पाेष्ट मार्टमका प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाकाे आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।