Close This

नवजात शिशुका लागि माओवादी केन्द्र सर्लाहीद्धारा सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२१ गते   ९९ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ९ मा रहेको मानव सेवा आश्रम नयाँरोडमा रहेका नवजात शिशूलाई सहयोग प्राप्त भएको छ ।
 नेकपा (माओवादी केन्द्र) सर्लाहीका जिल्ला सचिव कमल बुढाथोकीको विषेश पहलमा सिराहाको सडकमा  जन्मीएका नवजात शिशुलाई हरिवन नगरपालिका ९ मा रहेको मानव सेवा आश्रम नयाँरोडमा ल्याएपछि उनलाई केही राहतपुगोस भनेर आफुहरुले  नवजात शिशुलाई लक्ताकपडाका लागि भन्दै सहयोग गरेको अखिल(क्रान्तिकारी)सर्लाहीका नेता तेज तामाङले जानकारी दिनुभयो । 
सिराहामा जन्मीएका ती बालककी आमा अहिले पनि बेहोस अवस्थामा रहेकी छन् । ती शिशुलाई मानवियताको नाताले सानो भए पनि सहयोग गरिएको अखिल(क्रान्तिकारी)सर्लाहीका नेता रञ्जित सहनीले बताउनु भयो । नेकपा(माओवादीकेन्द्र) सर्लाहीका सचिव बुढाथोकी तथा अखिल(क्रान्तिकारी) सर्लाहीका नेताहरु तामाङ र सहनीले ती शिशुलाई लक्ताकपडा खरिदका लागि आर्थिक सहयोग गरेका मानव सेवा आश्रम नयाँरोडलेजनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech