लालबन्दी १ नवलपुरमा स्वास्थ्य चौकी भवन शिलान्यास

210 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा आज(शुक्रबार)स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।लालबन्दी नगरपालिका १ नवलपुरस्थित सर्पदंश उपचार केन्द्र नजिकै निर्माण हुने स्वास्थ्य चौकी भवनको पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले शिलान्यास गरेका र लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरिबहादुर भट्टराई(हरिहर)ले जानकारी दिए ।
उनले दुई कोठे स्वास्थ्य चौकी भवन निर्माणका लागि मधेश प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको समेत बताए ।स्वास्थ्य चौकीको पर्खाल निर्माणका लागि थप रु १० लाख बजेट प्राप्त भएको वडा अध्यक्ष भट्टराईले बताए ।लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको नेत्रगन्ज स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्रको भवनबाट संचालन भइरहेको छ ।आफ्नै भवन नहुँदा जनमुखी सेवा प्रवाहमा निकै समस्या भएको र आफ्नै निर्माण भएपछि स्वास्थ्य चौकी आफ्नै भवनबाट जनमुखी सेवा प्रवाह गर्ने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिक्रानीले बताए ।

सम्बन्धित समाचार