हरिपुर्वा ६ मा लागू औषध दुर्व्यसनी र साईबर क्राईम सम्बन्धि तालिम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१९ गते   ४२१ पटक हेरिएको

सर्लाहीको हरिपुर्वा नगरपालिका ६ मा लागु औषध दुव्र्यसनी र साईबर क्राईम सम्बन्धी तालिम सम्पन्न भएको छ । चैत १५ गते मंगलबारबाट शुरु भएको तालिम ५ दिन चलेर आज सकिएको हो ।

हरिपुर्वा नगरपालिका ६ को आर्थिक सहयोगमा कमलामाई मिडिया प्रा.लिले सञ्चालन गरेको लागु औषध दुव्र्यसनी र साईबर क्राईम सम्बन्धी तालिम ५ दिन सम्म चलेको आयोजक संस्थाका अध्यक्ष शंखर पहाडी(गौरब)ले जानकारी दिनु भयो । उहाँका अनुसार हरिपुर्वा नगरपालिका ६ को आर्थिक वर्ष २०७८÷०७९ को वडास्तरी योजना तथा कार्यक्रम अनुसार वडाका युवाहरुलाई सहभागी गराई लागू औषध र साईबर क्राइमका विषयमा जानकारी गराइएको हो ।

तालिममा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि.संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक गंगा बहादुर कार्कीले लागु औषध भनेको के हो ? यसको प्रयोग गर्दा हुने स्वास्थ्य समस्याहरु केके हुन ? कानुनी कार्बाही केके हुन सक्छन ? साईबर क्राइम भनेको के हो ? साईबर क्राइम कसरी हुन्छ ? कानुनी कार्बाही केके हुन सक्छन ? लगायतका विषयमा सहभागीहरुलाई जानकारी दिनुभएको हरिपुर्वा नगरपालिका ६ का वडा अध्यक्ष दिनेश रायले जानकारी दिनु भयो ।

त्यसैगरी आयोजक संस्थाका अध्यक्ष एवम सञ्चालक पत्रकार पहाडीले उद्घोषण सम्बन्धी जानकारी गराउनु भएको छ । उहाँले आजको युगमा आफ्ना कुरा सहज तरिकाबाट राख्न नसक्दा युवाशक्ति पछि परेका भन्दै युवाश िक्तले “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन”भन्ने उखान राम्ररी बुझ्न जरुरी रहेको बताउनु भयो ।

हरिपुवा नगरपालिकाका नगर प्रमुख सियाराम रायको प्रमुख आतिथ्यतामा भएको ५ दिने तालिमको हरिपुवा नगरपालिका ६ का वडा अध्यक्ष दिनेश राय र सस्त्र प्रहरी सिमा सुरक्षा बल संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक गंगा बहादुर कार्कीले विशिष्ट आतिथ्यता जनाउनु भएको कार्यक्रमका अध्यक्ष एवम आयोजक संस्थाका अध्यक्ष पत्रकार पहाडीले बताउनु भयो । ५ दिने तालिममा हरिपुवा नगरपालिका ६ का २८ जना युवाहरुको सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech