सशस्त्र प्रहरीद्धारा करिब साँढे २ लाखको कपडा बरामद्

एसपि गौरव    प्रकाशित: २०८०-७-३० गते   ४१५ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ९ बाट भन्सार छली चोरी पठारी गरी नेपालमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरीले ठुलो मात्रामा कपडा बरामद् गरेको छ । छिमेकी देश भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल ल्याइ लुकाइै छिपाई घरमा राखेको अवस्थामा मलंगवा नगरपालिका ९ स्थित जिल्ला विकास चोक नजिकबाट अन्दाजी मुल्य रु २ लाख ३२ हजार ९ सय  बराबरको कपडामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट संयुक्त रुपमा खटिएको सशस्त्र प्रहरीको टोलीले मलंगवा नगरपालिका ९ स्थित जिल्ला विकास चोक नजिक स्थानीय सुबोध यादवको घरमा लुकाई छिपाई राखिएको अवस्थामा भन्सार छलीको कपडा बरामद् गरिएको हो ।मलंगवा नगरपालिका ९ स्थित जिल्ला विकास चोक नजिक स्थानीय यादवको घरमा छिमेकी देश भारतबाट भन्सार छली ल्याई लुकाई छिपाई राखिएको अवस्थामा पर्दा, थानको कपडा र रेडिमेड कपडाहरु बरामद् गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech