जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

729 Shares

गणेश खड्का
सर्लाही प्रहरीले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका १ अत्रौलीका अन्दाजी ४४ बर्षीय रामपुकार महतोलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो ।
दुई दशक अघि एक महिलालाई जबर्जस्ती करणी गरेको अदालतबाट ठहर भएपछि  महतोलाई ५ वर्षको कैद सजाय तोकिएको थियो । त्यसपछि फरार भएका महतो लाई सोमबार २० वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले महतोलाई पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चालु आर्थिक वार्षको  हाल सम्म अनुसन्धानको क्रममा २ सय १३ प्रतिवादी पक्राउ परि सकेका छन् । भने अदालतबाट फैसला भइ फरार रहेका ३ सय १ जना गरी जम्मा ५ सय १४ जना प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
यता, हरिवन नगरपालिका ९ दनुवारीमा भएको फागुन २५ गतेको जवरजस्ती करणीका फरार अभिुक्तत नारायण प्रसाद गौतमको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । फागुन २५ गते ११ वर्षिय स्थानीय नावालीकालाई जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि अभियुत्त गौतम करिब ५० दिनदेखि फरार रहेका छन् ।

सम्बन्धित समाचार