सर्लाहीका २० वटा पालिकाहरु मध्य यो समाचार तयार पार्दा सम्म दुई वटा नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याउन सकेका छैनन्।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीको हरिपुर्वा र मलंगवा नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याउन नसकेका हुन ।
नौ वटा गाउँपालिका रहेको सर्लाहीका सबै गाउँपालिकाहरुले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएका भएपनि तीन वटा पालिकाले पारित गर्न बाँकी रहेको छ भने हरिवन नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएपनि पारित हुन बाँकी रहेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।मन्त्रालयको वेभसाईटमा देखिएको तथ्यांक अनुसार मलंगवा र हरिपुर्वा नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याउन सकेका छैनन् भने चक्रघट्टा, धनकौल र बसबरीया गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम पारित गर्न बाँकी रहेको छ ।
मन्त्रालको तथ्यांक अनुसार पर्सा गाउँपालिकाले असार ५ गते,हरिपुर नगरपालिकाले असार ७ गते,इश्वरपुर र कविलासी नगरपालिका सहित कौडेना र चन्द्रनगर गाउँपालिकाले असार ८ गते,लालबन्दी र बलरा नगरपालिकाले असार ९ गते तथा गोडैता,बरहथवा,बागमती,हरिवन नगरपालिकाका साथै चक्रघट्टा,धनकौल,रामनगर,ब्रम्हपुरी,विष्णु र बसबरीया गाउँपालिकाले असार १० गते नै आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति,कार्यक्रम तथा बजेट असार १० गतेभित्र प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुरूप सर्लाहीका २० मध्ये १८ वटा पालिकाहरुले स्थानीय तहले समय सीमाभित्रै बजेट आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएका हुन् ।यस वर्ष सर्लाहीका नौ वटा गाउँपालिकार र नौ वटा नगरपालिकाले आ–आफ्नो गाउँसभा तथा नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
असार ५ गतेदेखि १० गते भित्र आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका सर्लाहीका स्थानीय तहहरुले प्राय सुशासन,कृषि,खानेपानी,स्वस्थ्य,शिक्षा,पुर्वाधार, रोजगारी,सूचना प्रविधि,विपद् व्यवस्थापन र वातावरण संरक्षणका साथै लक्षित वर्ग तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेका छन्।जसमा सर्लाहीको सबै भन्दा पुरानो नगरपालिका मलंगवा नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याउ नै सकेन ।सर्लाहीका स्थानीय तहहरुमा विवाद नरहेका स्थानीय तहहरुले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएर पारित पनि गरि सकेका भएपनि विवाद रहेका पालिकाहरुले बजेट ल्याएपनि पारित गर्न सकेका छैनन् ।
निर्धारित मितिभित्रै नगरसभा तथा गाउँसभा सम्पन्न भई बजेट सार्वजनिक गरिनुलाई जनप्रतिनिधिहरूको कार्यसम्पादन र समन्वय क्षमताको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।आगामी आर्थिक वर्षमा विकास निर्माणलाई तीव्रता दिनुका साथै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी कार्यक्रम केन्द्रित गरिएको सर्लाहीका स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् ।
कृषिमा आधुनिकीकरण,सडक पूर्वाधार विस्तार,शिक्षा तथा स्वास्थ्य सेवाको सुधार,युवालाई स्वरोजगारमुखी कार्यक्रम तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाइएको छ।बजेट समयमै ल्याइनु सकारात्मक भए पनि यसको प्रभावकारी कार्यान्वयन,पारदर्शिता र गुणस्तरीय सेवा प्रवाह नै मुख्य चुनौती रहने स्थानीय जानकारहरु बताउँछन् ।