एमाले सचिव भट्टराईद्धारा भरत तालको अवलोकन,एमाले सर्लाहीमा खैलाबैला

एसपि गौरव    प्रकाशित: २०८०-४-२० गते   ४९३ पटक हेरिएको

नेकपा)एमाले)का केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश कुमार भट्टराईले मधेश प्रदेशको पर्यटकीय गन्तव्य बागमती माछा पोखरी(भरत ताल)को स्थलगत अवलोकन गरेका छन् ।
मधेश प्रदेशमा पार्टी निर्माणको अभियानमा खटिएका एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज भट्टराईले दक्षिण यसिया कै सबै भन्दा ठुलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल)को स्थलगत अवलोकन गरेका हुन ।
एमाले सर्लाहीका केही नेताहरुले बागमती माछा पोखरी(भरत ताल) नजाने प्रतिवद्धता जनाएका भएपनि एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज भट्टराईले मधेश प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा बागमती माछा पोखरी(भरत ताल)को निर्माण भई रहेको र यसबाट स्थानीय तहलाई आन्तरीक आय स्रोत बढ्नुका साथै स्थानीयलाई रोजगारी सृजना गर्ने भएकाले आफुलाई निकै खुसी लागेको बताए ।
एका बिहानै बागमती माछा पोखरी(भरत ताल)मा पुगेका एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज भट्टराईले निकै उत्साहित हुँदै आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत फोटो सार्वजनिक गरेका छन् ।
एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज भट्टराईले बागमती माछा पोखरी(भरत ताल)मा पुगेर सार्वजनिक गरेको फोटोले एमाले सर्लाहीमा निकै ठूलो खैलाबैला मच्चिएको छ । बागमती माछा पोखरी(भरत ताल)मा पुगेर एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज भट्टराईले आफ्नो सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेपछि बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा राष्ट्रिय राजनीतिमा अमिट छाप राख्दै जबर्जस्त स्थापित नेता हुन भन्ने प्रमाणित हुन थालेको स्थानीयको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech