Close This

भारतीय अण्डाले खायो नेपाली बजार, बर्डफ्लु भित्रिने भन्दै सर्वसाधारण त्रसित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२० गते   २६६ पटक हेरिएको

नेपाली अण्डा उत्पादन व्यवसायी भारतबाट लुकाइछिपाइ सेतो अण्डा आउन थालेपछि मारमा परेका छन् । आत्मनिर्भर बन्दै गएका नेपाली अण्डा उत्पादन व्यवसायी भारतबाट सेतो अण्डा नेपाल भित्रन थालेपछि मारमा परेका हुन । भारतिय भण्डा ओसारपसारमा रोक लगाइएको अण्डाजन्य बस्तु नष्ट गर्ने जिल्ला प्रशासनको निर्णय कार्यान्वयन नहुँदा नेपाली अण्डा उत्पादन व्यवसायी समस्यामा परेका हुन ।
भारतबाट अवैध रूपमा भित्रिने सेतो अण्डाका कारण सर्लाहीका व्यवसायी मारमा परेका छन् । भारतीय सेतो अण्डा नेपालको उत्पादन भन्दासस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा भारतिय अण्डा विक्रि वितरण गर्ने गरेका कारण आफुहरु मारमा परेको सर्लाहीका  पोल्ट्री व्यवसायीहरुले गुनासो गरेका छन् ।
आफुहरुले पटक–पटक स्थानिय प्रशासनलाई भारतिय भण्डाको आयात रोक्न माग गरेपनि स्थानिय प्रशासनले रोक्ने विषयमा चासो नदेखाएको उनिहरुको गुनासो छ । भारतीय अण्डाका कारण स्थानीय बजारमा स्थानिय उत्पादन बिक्री गर्न कठिनाइ भएको स्थानीय अण्डा व्यावसायी सुभाष तिमल्सेनाले बताउनु भयो । उहाँका अनुसार भारतीय अण्डाका कारण नेपाली अण्डा व्यवसायी मारमा पर्नुका साथै बर्डफ्लुको जोखिम बढेको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले भारतबाट आउने पंक्षीजन्य वस्तु नियन्त्रणका लागि पहल गरेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले जानकारी दिनु भयो । भारतबाट भित्रिने कुखुरा, चल्ला र अण्डामा रोक लगाउन सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आदेश दिइसकेको सहायक प्रजिअ पोख्रेलले बताउनु भयो ।
सर्लाहीको  सीमावर्ती क्षेत्र मलंगवा, त्रिभुवननगर, पर्सा, संग्रामपुर, हरिपुर्वा, कौडेना, गोडैता, फुलपरासी, मधुवनगोठ, सिसौट लगायतका बजारमा भारतीय अण्डाको व्यापार हुने गरेको छ । व्यवसायी पलायन हुनबाट रोक्न र पंक्षजिन्य रोगबाट बच्न पनि तत्काल यस्ता सामग्रीमा रोक लगाउन आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech