सर्लाहीको कौडेना गाउँपालिका–१,सुखचैनाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित दुई जना मानिसलाई नियन्त्रणमा लिएका छ।कौडेना गाउँपालिका–१,सुखचैनामा लागु औषध गाँजा बिक्री–वितरण तथा भण्डारण भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चार सय १९ कलिो ९३ ग्राम लागु औषध गाँजा सहित कोडेना गाउँपालिका–१, सुखचैनाका अन्दाजी २५ वर्षीय राहुल राउत र अन्दाजी ४६ वर्षीय महादेव राउतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सर्लाही प्रहरीले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत चार सय १९ किलो ९३ ग्राम गाँजा बरामद भएको हो।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेल सहित प्रहरी नायव उपरिक्षक गौतम सरुवा भएर आएदेखि नै लागु औषध लगायत भन्सार छली र अपराधिक गतिविधिहरुमा निर्मम हुँदा संगठित लागूऔषध कारोबार र अपराधिक गतिविधिहरु सञ्जालमाथिको धमाधम कारबाही भई रहेको छ ।

सर्लाहीमा लागु औषधको हब भनेर चिनिने हरिवन नगरपालिक–३को डावरीका साथै अन्य धेरै स्थानहरुमा प्रहरीको सक्रियता देखिँदा ठूलो परिमाणमा लागु औषध तथा धेरै मानिसहरु कार्बाहीको दायरमा आएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कौडेना गाउँपालिका–१,सुखचैनाबाट बरामद् भएको गाँजाको परिमाण,भण्डारणको शैली तथा बरामद भएका सामाग्रीका आधारमा यस घटनामा संगठित लागूऔषध कारोबार सञ्जालको संलग्नता हुन सक्ने आशंका गरि सोही अनुसार सुक्ष्म तरिकाले अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेलले बताए ।

पछिल्लो समय लागूऔषध ओसार पसार,भण्डारण तथा अवैध कारोबार विरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै लगिएका कारण पछिल्लो छोटो समय मै लागु औषध कारोबारीहरु क्रसित भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कौडेना गाउँपालिका–१,सुखचैनाको घटनास्थलबाट गाँजा तौल गर्न प्रयोग हुने डिजिटल नापतौल मेसिन चार थान र सानो तराजु एक थानसमेत बरामद गरिएको र कारोबारमा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालको खोजी तीव्र पारिएको सर्लाही प्रहरीले जनाएको छ ।यसका साथै लागूऔषध नियन्त्रण अभियानलाई सफल बनाउन शंकास्पद गतिविधिबारे समयमै प्रहरीलाई सूचना उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुरोध समेत गरेको छ ।