राष्ट्रिय परिचय पत्र अनलाईन दर्ता फारम सञ्चालनको ताम्रपत्र अनावरण

614 Shares

जिल्ला हुलाक कार्यालय सिन्धुलीले स्मार्ट पोष्टल सभिर्स अन्र्तगतको एजेन्सी सर्भिस डेलिभरीको राष्ट्रिय परिचय पत्र अनलाईन दर्ता फारम दर्ता सम्बन्धी काम सुरु गरेको छ।जिल्ला हुलाक कार्यालय  सहित १० वटा हुलाक कार्यालय रहेको सिन्धुलीले देश भरमै पहिलो पटक स्मार्ट पोष्टल सभिर्सका साथै पिट्स सेवा समेत सञ्चालनमा ल्याई सकेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।उनका अनुसार हुलाक काउन्टर भिमान सहित जिल्लाका अधिकांश पालिका हुलाक कार्यालयहरुले पिट्स सहितका धेरै डिजिटल सेवाहरु सञ्चालनमा ल्याई सकेको छ ।
सिन्धुलीका थप चारवटा हुलाक कार्यालयबाट स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु गरि सकेको र बुधबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले मार्ट पोष्टल सभिर्स अन्र्तगतको एजेन्सी सर्भिस डेलिभरीको राष्ट्रिय परिचय पत्र अनलाईन दर्ता फारम दर्ता सम्बन्धी कामको ताम्रपत्र अनावरण गरेका जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए ।

2.jpg
उनका अनुसार सात वटा गाउँपालिका सहित दुई वटा नगरपालिका गरी जिल्ला हुलाक कार्यालय सहित नौ वटा पालिका हुलाक कार्यालय र एउटा हुलाक काउन्टर गरी १० वटा हुलाक कार्यालय रहेको सिन्धुलीका पालिका हुलाक कार्यालयहरु दुधौली,मरिण,हरिहरपुरगढि र हुलाक काउण्टर भिमानबाट समेत स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम भई रहेको छ ।
त्यस अघि जिल्ला हुलाक कार्यालयबाट स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु गरि सकेको थियो भने अब पाँच वटा हुलाक कार्यालयबाट स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु भएका हुलाक कार्यालयहरुले यस अघि नै पिट्स सेवा सञ्चालन गरी सकेका जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।देशभरका हुलाक कार्यालयहरु मध्य हुलाक सेवालाई छिटो छरितो र विश्वस्निय बनाउन स्मार्ट पोष्टल सर्भिस सुरु गर्ने विभागको योजना अनुसार देशभर मै जिल्ला हुलाक कार्यालय सिन्धुलीले पहिलो स्मार्ट पोष्टल सर्भिस एजेन्सी सर्भिस सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित समाचार