“६६ औ प्रहरी दिवस २०७८”को अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालले “नेपाल प्रताप सुभुषण”बाट सर्लाहीमा कार्यरत प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटलाई सम्मान गरेको छ ।
सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी नायव उपरिक्षक भाटलाई आज(बुधबार) भएको “६६ औ प्रहरी दिवस २०७८”को अवसरमा आयोजीत कार्यक्रममा प्रहरी प्रधान कार्यालय नक्सालले “नेपाल प्रताप सुभुषण”बाट सम्मान गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
विगत करिब १ वर्ष पहिला सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यालय प्रमुख भएर आउनु भएका प्रहरी नायव उपरिक्षक भाटले व्यवासायीक प्रहरीको भुमिका पुर्ण बफादारका साथ निर्वाह गरेका छन् । हक्की स्वाभावका प्रहरी नायव उपरिक्षक भाटले ईलाका प्रहरी कार्यालय बरहथवाको प्रमुखको जिम्मेवारी सम्हाले देखि सो क्षेत्रमा गैर कानुनी क्रियाकलप गर्नेहरुको निद हराम भएकोे छ ।
प्रहरी नायव उपरिक्षक भाटलाई “६६ औ प्रहरी दिवस २०७८”को प्रहरी प्रधान कार्यालयमा आयोजीत कार्यक्रममा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिभुषित गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।