महाेतरी १ का प्रतिनिधि सभा सदस्य लक्ष्मी निलम्बित

679 Shares

महाेतरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवम नेकपा(एमाले)का नेता लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयले दोस्रोपटक उनलाई पक्राउ गरिदिन सहयोग माग्दै संसद सचिवालयमा पत्र पठाएपछि सभामुख देवराज घिमिरेले उनलाई मंगलबार निलम्बन गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम अदालतको आदेशविपरीत फरार रहेका सांसद स्वत निलम्बनमा पर्ने व्यवस्था छ। सत्ता पक्षीय सांसदहरुले महतोलाई निलम्बन गर्न सभामुख घिमिरेलाई चर्को दबाब दिएपछि सभामुख घिमिरेले मंगलबार निर्णय गरेका हुन्।

संसद अधिवेशन चालू नरहेकाले सूचना टाँस गरेर उनको निलम्बन प्रक्रिया पूरा गरिने भएको हो।महतो महोत्तरी १ बाट नेकपा(माओवादी केन्द्र)का उप महासचिव गिरिराजमणि पोखरेललाई हराउँदै २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

सम्बन्धित समाचार