१९ वर्षिय किशोरीको रहस्यमय आत्माहत्या,चारजना विरुद्ध जाहेरी दर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-४ गते   २८१३ पटक हेरिएको


सर्लाहीको हरिवन नगरपालिका ११ की एक १९ वर्षे किशोरीको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीमा कटानी जाहेरी दर्ता भएको छ । पुस २८ गते हरिवन नगरपालिका ११ मालपोत कार्यालय नजिक आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुन्डिएर मृत्यु भएको अवस्थामा शव फेला परेपछि शंकास्पद मृत्यु रहेको भन्दै महिला मानव अधिकारीकर्मीको पहलमा उनका श्रीमान सुसिल दाहाल,सासुरा भिम दाहाल ,सासु गोमा दाहाल र नन्द सम्झना दाहालको नाममा किटानी जाहेर दर्ता भएको महिला अधिकारकर्मी मिथिला लामिछानेले जानकारी  दिनुभयो ।
मंसिर ५ गते बिबाह गरेकी  १९ वर्षे किशोरी संचिता गौतमको बिबाह गरेको करिब २ महिना मै ज्यान जानु रहस्यमय रहेको भन्दै महिला अधिकारकर्मीहरुले चार जनाको विरुद्धमा किटानी जाहेरी दर्ता गरेका प्रहरीले जनाएको छ ।
संचिताका माइती पक्षले मृत्युको कारण नखुले सम्म शव नबुझ्ने भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेपछि महिला अधिकारीकर्मी सावित्रिको विशेष पहलमा किटानी जाहेरी दर्ता भएको हो । किटानी जाहेरी भएपछि आफुहरु शव बुझ्ने बताएका माईती पक्षले किटानी जाहेरी दर्ता गरेपछ शव नबुझेका र संचिताको घरतर्फकाले पनि उनकोशव नबुझ्दा शव अहिले जिल्ला अस्पताल मलंगवामा वेवारिसे थन्कीएको सर्लाही प्रहरीले जनाएको छ ।
बिवाह भएको दिनदेखि नै दाईजोका विषयमा दवाव दिनु,श्रीमानले आफू अर्काे बिबाह गर्न पाउनु पर्ने माग राख्नु,सम्बन्ध विच्छेद गर्न दवाव दिनु,सासुले अंश खान आएकी भन्दै पटक पटक तनाव दिनु लगायतका कारण पनि आत्माहत्या भएको पीडित माईती पक्षको आरोप छ । 
पीडित माइती पक्षले घटनाको न्यायोचित छानविन गरि दोषीलाई यथासिघ्र  कार्बाही गर्नु पर्ने,उनका श्रीमान,सासु,ससुरा र नन्दलाई प्रहरीले यथासिघ्र नियन्त्रणमा लिनु पर्ने माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए । सामान्य स्वास्थ्य समस्या आउदा पनि श्रीमानले घर छाडेर जा भन्ने,माईत जा भनेर विच बाटोमा लगेर छाडिदिने लगायतका काम गर्ने  गरेका स्थानियले बताएका छन् ।
 स्थानियका अनुसार संकुचित मानसिकता भएको परिवार रहेका कारण पनि अहिले त्यो अवस्था आएको हो । किटानी जाहेरी दर्ता भएपछि माईती पक्षले शव नबुझेका र घर पक्षकाले शव बुझेर परम्परागत रुपमा दाहसंस्कार गरेका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech