लालबन्दी नगर अस्पतालमा पोष्टमार्टम सेवा सुरु गर्न छलफल सुरु

450 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पताल डुमडुमेमा शव परीक्षण (पोष्टमार्टम) सेवा सूचारु गर्न पहल थालिएको छ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीमा प्रादेशिक अस्पताल मलंगवा बाहेक अन्य स्थानमा शव परीक्षण (पोष्टमार्टम) गर्ने काम नहुँदा निकै समस्या भएको भन्दै सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीले सांसदमै आवाज उठाएपछि लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पताल डुमडुमेमा शव परीक्षण (पोष्टमार्टम) सेवा सूचारु गर्न पहल सुरु भएको हो ।

4.jpg
पूवपश्चिम राजमार्ग क्षेत्रबाट शव परीक्षणका लागि २५ किलोमिटर टाढा सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेका कारण निकै समस्या भएको भन्दै स्थानीयबाट व्यापक गुनासो आएपछि सांसद चौधरीले सांसद मै आवाज उठाएका हुन ।लालबन्दी नगर अस्पतालमा २०६५ सालमा शव परिक्षक(पोष्टमार्टम)सेवा सुरु गरिएकोमा केही समयमै बन्द भएको थियो।करिब १७ वर्षपछि अस्पतालमा शव परिक्षक(पोष्टमार्टम)सेवा सञ्चालन गर्न पहल थालिएको हो ।

3.jpg
शव परिक्षक(पोष्टमार्टम)सेवा सुरु गर्न तयारी अघि बढाइएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए।उनका अनुसार शव परिक्षक(पोष्टमार्टम)सेवा सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र लेखेर आवश्यक सहयोग गरी दिन माग गरिएको छ ।शव परिक्षक(पोष्टमार्टम)सेवा सञ्चालनका लागि लालबन्दी नगर अस्पतालका एक जना मेडिकल अधिकृतलाई तालिममा पठाइएको र उक्त सेवा संचालनका लागि आवश्यक पूर्वाधार तथा उपकरण उपलब्ध रहेकाले गृह मन्त्रालयमार्फत प्राप्त हुने सहयोगका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा पत्र बुुझाइएको नगर प्रमुख अधिकारीले बताए ।

2.jpg
गृह मन्त्रालयबाटै स्वीकृत लिएर सेवा संचालन गर्दा आवश्यक खर्च प्राप्त हुने भएकाले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई घच्घच्याइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।अस्पतालको स्थलगत अनुुगमन गरी प्रतिवेदन दिन स्वास्थ्य कार्यालय सर्लाहीबाट प्राविधिक पठाउने प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले  प्रतिवद्धता जनाएका छन् ।

1.jpg
लालबन्दीमा क्रियाशील विभिन्न सात वटा राजनीतिक दलले इश्वरपुर,लालबन्दी,हरिवन र बागमतीसहित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा विभिन्न कारणबाट अकालमा मृत्युवरण गरेकाको शव परिक्षक(पोष्टमार्टम)गर्न अत्यधिक समस्या रहेको भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई भेटेर पोष्टमार्टम सेवा संचालनको माग राखेका नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्घाले बताए ।
अहिले अस्पताल रहेको भवनको पछाडि पट्टी आगामी जेठको अन्तिममा शव परिक्षण(पोष्टमार्टम)को व्यवस्था मिलाउने गरी तयारी भइरहेको नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्दन चौधरीले जानकारी दिए।उनका अनुसार मलंगवासम्म शव पोष्टमार्टम गर्न लैजाँदा शव वाहन वा अन्य सवारीलाई तिर्ने भाडा बराबरको न्यूनतम रकम मृतकको परिवारसँग लिएर शव परिक्षण(पोष्टमार्टम)सेवा सुरु गर्ने गरी छलफल भएको हो ।
शव परिक्षण(पोष्टमार्टम)सेवा सुरु गरेपछि त्यहाँ खटिने चिकित्सक र सहयोगी कामदारको ज्याला तथा प्लाष्टिक,ग्लोब्स जस्ता आवश्यक स्वास्थ्य सामाग्री जुटाउन खर्च लाग्ने र त्यसको व्यवस्थापन मृतकको परिवारसँग न्यूनतम शुल्क लिएर गर्ने गरी तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ।शव परिक्षण(पोष्टमार्टम)सेवा सुरु गरेपछि प्रहरी समेत आवश्यक पर्ने भएपछि नगरपालिकाले गृह मन्त्रालयको साथ र सहयोग खोजेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताए ।

सम्बन्धित समाचार