असार सकिँदा सर्लाहीमा ४५ प्रतिशत मात्रै रोपाइँ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३२ गते   २००८ पटक हेरिएको

सर्लाहीमा  ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असार महिना सकिन लाग्दा जिल्लामा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । असार पहिलो सातादेखि सुरु भएको धान असार अन्तीममा करिब ४५ प्रतिशतमा मात्र सकिएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशबाहले जानकारी दिनु भयो । उहाँले विगतका वर्षहरूमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष अलि छिटो भएको बताउनु भयो ।
गत बर्षको अनुपातमा यस बर्ष अहिले सम्म ५० प्रतिशत कम क्षेत्रफलमा धान रोपाई भएको छ । गतबर्ष यसबेला सम्म करिब ८० प्रतिशत बढि क्षेत्रफलमा किसानहरुले धान रोपी सकेका ज्ञान केन्द्रले तथ्यांकमा उल्लेख छ ।
मलखाद, सिंचाई लगायतको समस्याका कारण धान रोपाईमा ढिलाई भएको जिल्लाका किसानहरुको गुनासो छ । नियमित पानी नपरेको कारण धान रोपाई गर्न समस्या भएको हरिवन नगरपालिका २ का किसान राम पुकार महतोले बताउनु भयो । अर्कोतर्फ धान रोप्ने समयमा अत्याआवश्यक पर्ने मलखादको चरम अभावले किसानहरु धान रोप्ने नरोप्ने दोमनमा रहेका कारण पनि असार सकिनै लाग्दा ४५ प्रतिशत मात्र धान रोपाई भएको हो ।
महंगोमा बिउँ विजन, मजदुर लगायत खेती गरेपनी मलखादको अभावले उत्पादन सोचे अनुसार नभएको किसानहरुको गुनासो छ । धेरै किसानहरु खेतमा बिउ छिप्पी सक्दा पनि मलखादको अभावका कारण समयमै धान रोप्ने काम सुरु नभएको रमेश अधिकारीले गुनासो गर्नुभयो । 
मलखाद कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उहाँको भनाई छ । केही किसानहरुले भने महंगोमै भएपनि गुणस्तरहिन भारतिय रसायनिक मलखाद किनेर धान रोपेका छन् । नेपालमा मलखाद नपाए पछि किसानहरुले छिमेकी देश भारतबाट भित्रीएको गुणस्तरहिन मलखाद कालो बजारीयासगँ किनेर प्रयोग गर्न बाध्य भएको बताएका छन् ।
 यसरी आएको मलखाद बोराको रु २ हजार २ सय सम्ममा खरिद गर्नुपरेको किसानहरुको गुनासो छ । एक बोरा मलखाद भारतबाट ल्याउदा सिमा सुरक्षामा खटिएका नेपाली तथा भातिय प्रहरीको दुव्र्यवहार समेत भोग्नु पर्दा दुःख लाग्ने गरेको किसान दिपेन्द्र महतोले गुनासो गर्नुभयो । सरकारले दिएको मलखाद हालेर बल्ल ४ कठ्ठा खेतमा रोपाई गरेको तर मागे जति मलखाद नपाए पछि आफुहरु भारतयि गुणस्तरहिन मलखाद कालो बजारीयासगँ किनेर प्रयोग गर्न बाध्य भएको बताएका छन् । 
त्यस्तै,बागमती सिंचाईमा पानी ढिलोगरी संचालन हुदा पनि किसानहरुले समयमा धान रोपाई गर्न नपाएको बताएका छन् । विगतको बर्षमा असार मसान्त सम्ममा नहरको पानी जिल्लाको तल्लो भेग सम्म पुग्ने गरेको भएपनि यसबर्ष भर्खर बागमती र हरिवनका किसानहरुले रोपाई सुरु गरेका छन् । यसले गर्दा जिल्लाको दक्षिणी क्षेत्रका किसानहरुले अझै सिंचाईको पानी पाउन नसकेको गुनासो गरेका छन् ।
बागमती सिंचाईले मुल नहर मर्मत, सफाई, नहरको ढोका निर्माण, मर्मत लगायतको काम स्थानिय निकायको निर्वाचन २०७९ बैशाखले गर्दा ढिलागरी ठेक्का लगाएको र काम ढिला सकिएकाले पानी संचालनमा ढिलाई भएको बागमती भूमिगत जलस्रोत सिचाई आयोजनाले जनाएको छ । सिंचाईले नहरमा गत मंगलवारबाट पानी छोडेको हो । पानी संचालन भएपछि नहर नजिकका किसानहरुले धमाधम धान रोपाई सुरु गरेका छन् ।
यता, यस बर्ष धान रोपाई ढिला भएकाले उत्पादनमा समेत कमि हुने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुशबाहले बताउनु भयो । उहाँका अनुसार समयमै मलखाद् नपाउनु,बागमती नहरमा पानी समयमै नछाडिनु लगायतका कारण धान रोपाईमा ढिलो भएको र  मौसमको समेत प्रभाव पर्ने भएकाले धान उत्पादनमा कमि आउने छ । पम्पसेट तथा बोरिङको पानी लगाएर धान रोपाई गर्ने किसानहरु समेत दर्के पानीको पर्खाइमा छन् । पम्पसेटको प्रयोगबाट समेत धान रोपाई गर्न नसकिने किसानहरुको भनाई छ । जिल्लामा हरेक बर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । 
मलखाद आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडको र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पाेरेशनकोे रहेको भएपनि धान रोप्ने समयमा समेत जिल्लामा माग अनुसार मलखाद उपलब्ध नहँुदा केही समस्या भएको किसानहरुले बताएका छन् । तैपनि किसानले सहज रूपमा मलखाद नपाउँदा यस वर्ष पनि धान उत्पादन ह्रास आउने चिन्ताले किसान पिरोलिन थालेका छन् ।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा धानको उल्लेखनीय भूमिका छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।
मधेस प्रदेशमा चैते र बर्खे दुवै मिलाएर वार्षिक १४ लाख १६ हजार ५ सय ८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा ४ लाख ३ हजार ६ सय ४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांकमा उल्लेख छ । गतवर्ष  जिल्लामा ....लाख ..... हजार ....सय .... मेट्रिक टन धान उत्पादन भएको थियो ।  जसका कारण जिल्लाका किसानहरुले मागेजति मलखाद् पुर्याउन नसकिएको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका प्रमुख दिपक थापा मगरले बताउनु भयो । उहाँका अनुसार कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन सर्लाही शाखाले जिल्लाका किसनहरुका लागि मलखाद् तथा बिउ बिजन उपलब्ध गराउने गरेको छ ।जिल्लामा भुगोल अनुसार फरक फरक समयमा मलखाद् चाहिने भएकाले पनि मलखाद्को व्यवास्थापन गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पाेरेशन सर्लाहीले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech