दुर्गा कुमारी अधिकारी
सर्लाही बागमती नगरपालिका १ राईखोला स्थित पुर्व पश्चीम राजमार्गमा सवारी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । बागमती नगरपालिका १ राईखोला स्थित पुर्व पश्चीम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रु बस र पश्चीमबाट पुर्व तर्फ आउँदै गरेको ट्रक एक–आपसमा ठोक्किदा मिनि ट्रकका चालक सहित बसका ४ जना गरी ५ जना घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख.५२३९ नं. को यात्रु बस र पश्चीमबाट पुर्व तर्फ आउँदै गरेको बा.५ख.५६६५ नं. को मिनि ट्रक एक–आपसमा ठोक्किदा ट्रकका चालक नुवाकोटको ककनी नगरपालिका ५ बस्ने अन्दाजी बर्ष ३६ का श्याम बहादुर बलामीका साथै बसका चालक सुनसरीको ईटहरी उप महानगरपालिका ७ बस्ने अन्दाजी बर्ष ४२ का शम्भु राउत,बसका सह चालक सुनसरीको ईटहरी उप महानगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४८ का थिरराज दाहाल, सोही स्थान बस्ने अन्दाजी वर्ष ४५ की लक्ष्मी कोईराला, सुनसरीको ईटहरी उप महानगरपालिका ८ बस्ने अन्दाजी वर्ष ५३ की मन्जु सुवेदी र भारतको बेतिया जिल्ला वरईडगाउँ बस्ने अन्दाजी वर्ष २३ को अजय राम घाईते भएका हुन । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको र दुर्घटनामा संग्लग्न रहेका सवारी साधनहरु प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।