Close This

पोखरीमा डुवेर १ बालीकाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-११ गते   ५२९ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ५ मा पोखरीमा डुबेर एक बालीकाको ज्यान गएको छ ।               ईश्वरपुर नगरपालिका ५ नरेश खोरमा रहेको पोखरीमा डुबेर ईश्वरपुर नगरपालिका ५ नरेश खोरकी २ वर्षिय बालीकाको ज्यान गएको हो ।
स्थानिय भरत महत्तोको पोखरीमा डुवेर सोही स्थान निवासी अर्नजित महत्तोकी वर्ष अन्दाजी २ की छोरी शिशा कुमारी महत्तोको ज्यान गएको ईलाका प्रहरी कार्यलय केशरगन्ज बयलबासका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङ्गले बताउनु भयो । गाउँको बिचमा रहेको पोखरीको डिल चिप्लो रहेको र त्यहि चिप्लोमा चिप्लीएर शिशा कुमारीको ज्यान गएको बताईएको छ । सो पोखरीमा यस अघिपनि  अरु २ जना बालकको डुबेर ज्यान गएको र अहिले सम्म ३ जनाको ज्यान गई सक्दा पनि पोखरी सञ्चालकले पोखरी व्यावस्थापनमा कुनै चासो नदिएको बरु आफुहरु माथी विभिन्न किसिमका धम्कीहरु लगाउने गरेको शिशा कुमारीका काका राम प्रताप महत्तोले बताउनु भयो। 
शिशा कुमारीको  शुक्रबार दिउँसो करिब २ बजे पोखरीमा डुबेर ज्यान गएको शिशा कुमारीका आफन्तहरुले बताएका छन । पोखरीमा डुबेकी शिशालाई उद्धार गरी जिल्ला अस्पताल मल)गवा उपचारको लागि लगेको भएपनि उनको मृत्यु भईसकेको चिकित्सकहरुले घोषणा गरिदिए पछि प्रहरीले  शवको पोष्ट मार्टम समेत गरि सकेको भएपनि स्थानियले आवश्यक क्षेतीपुर्तिका साथै पोखरी व्यावस्थापनको माग गरि शवलाई नउठाएका स्थानियबासीले बताएका छन ।
ईश्वरपुर नगरपालिका ५ का वडा अध्यक्ष रुप बहादुर आले मगर,प्रहरी प्रशासन,स्थानिय बुद्धिजिवीहरुका साथै पीडित र पोखरी सञ्चालकबीचको छलफलमा पोखरी पुर्ने र पीडितलाई क्रिया खर्च स्वरुप ५० हजार दिने सहमती भएपछि शव उठाउने  सहमती भएको प्रहरीले जनाएको छ । 
गाउँको बिचमा रहेको पोखरीमा डुबेर यस अघि पनि २÷३ वटा घटना भई सक्दा पनि सरोकारवाला निकाय मौन बस्नुले थप समस्या सृजना हुने गरेको भन्दै स्थानियबासीले आक्रोस व्याक्त गरेका छन । यस अघिका घटनाहरुमा पनि पोखरी सञ्चालकले पोखरी पुर्ने सहमती गरेको भएपनि हाल सम्म पहिलाका सहमती कार्यन्वयन नगरेको भन्दै स्थानियबासीहरु आक्रोसित भएका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech