दुर्घटना न्यूनीकरण र नियम उल्लंघन रोक्न रौतहट ट्राफिक सडकमा सक्रिय

324 Shares

रौतहटमा सडक दुर्घटना न्यूनीकरण,ट्राफिक नियमको पालना गराउने तथा सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी सडकमा सक्रिय भएको छ। जिल्लाका मुख्य बजार,राजमार्ग तथा बढी सवारी चाप हुने क्षेत्रमा रौतहट ट्राफिक प्रहरीले नियमित निगरानी बढाएको हो।

t.jpgसवारी दुर्घटना बढ्न नदिन ट्राफिक प्रहरीले सवारी साधनको गति,सवारी चालकको अवस्था, आवश्यक कागजात,हेल्मेट तथा सिट बेल्टको प्रयोगलगायत विषयमा चेकजाँचलाई प्राथमिकता दिएको जनाएको छ।विशेषगरी मोटरसाइकलमा तीन जना सवार हुने,हेल्मेट नलगाउने,तीव्र गतिमा सवारी चलाउन,जथाभावी पार्किङ गर्ने प्रवृत्ति तथा माद्यक पदार्थ सेवन गरेर सवारी साधन चलाउने माथि निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख एवम प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।

t1.jpg
उनका अनुसार जिल्लाका मुख्य सडक तथा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि प्रहरीले सडकमा जनशक्ति परिचालन गरी सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ।चाडपर्व तथा बजार क्षेत्रमा हुने अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले थप सतर्कता अपनाएको उनले बताए ।

t2.jpg
कार्यालयका अनुसार सडक दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापरबाही,तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु,क्षमता भन्दा बढी यात्रु बोक्नु र ट्राफिक नियमको उल्लंघन गर्नु प्रमुख छन्।यस्ता गतिविधि नियन्त्रण गर्न नियमित चेकजाँचसँगै चालक तथा यात्रुलाई ट्राफिक नियमबारे सचेत गराउने काम समेत भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख एवम प्रहरी निरीक्षक मगरले बताए ।रौतहटमा पूर्व–पश्चिम राजमार्गसँगै विभिन्न ग्रामीण तथा सहरी सडकमा सवारीको चाप बढ्दै गएको छ।सडकको अवस्था,अत्यधिक सवारी चाप र चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम समेत कायमै रहेकाले सडकमा ट्राफिक प्रहरीको उपस्थिति र नियमित निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरीको भनाइ छ। 

t3.jpg
ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्ने मात्र नभई दुर्घटना रोकथामलाई प्राथमिकतामा राखेको जनाएको छ।सडक प्रयोगकर्ताले पनि प्रहरीको चेकजाँचलाई झन्झटका रूपमा नलिई आफ्नो तथा अरूको सुरक्षाका लागि आवश्यक प्रक्रिया ठान्नुपर्ने प्रहरीको आग्रह छ। स्थानीयवासीले पनि मुख्य सडक तथा बजार क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता बढ्दा सवारी आवागमन व्यवस्थित हुनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेका छन्। उनीहरूले सडकमा हुने अव्यवस्थित पार्किङ,अतिक्रमण र तीव्र गतिमा चल्ने सवारी नियन्त्रणमा अझ कडाइ गर्न माग गरेका छन्।

t4.jpg
सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई चालक,यात्रु,पैदलयात्री र स्थानीय तह सबैको साझा दायित्व हो।ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै सडक प्रयोगकर्ताले जिम्मेवार व्यवहार अपनाएमा रौतहटमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने विश्वास गरिएको छ।

सम्बन्धित समाचार