डेंगी र आँखा पाक्ने राेगकाे उपचारका लागि लालबन्दीमा औषधी व्यावस्थापन

939 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले आँखा पाक्ने राेग र डेंगी राेगकाे उपचारकाे लागि आवश्यक पर्ने औषधी र औषधी जन्य पदार्थको व्यावस्थापन गरेकाे छ । 
डेंगी राेग र आँखा पाक्ने गरे भयानक रुपमा फैलिन थालेपछि बिरामीहरुकाे उपचारमा समस्या नहाेस भन्नका लागि  लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलकाे पहलमा  बागमती प्रदेश सरकाले  औषधी र औषधी जन्य पदार्थ सहयाेग गरेकाे नगर स्वास्थ्य शाखाका सह संयाेजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारलाई डेंगी राेग र आँखा पाक्ने राेगकाे उपचारका लागि औषधी र औषधी जन्य पदार्थकाे  व्यावस्थापन गरिदिन पटक पटक मधेश प्रदेश सरकारसंग माग गरिएको भएपनि उपलब्ध नभए पछि प्रमुख प्रशासकीय अधिकृत लुईटेलकाे पहलमा बागमती प्रदेश सरकारले १ वर्षका लागि पुग्ने डेंगि र आँखा पाक्ने राेगकाे उचारका लागि औषधी र औषधीजन्य पदार्थ सहयाेग गरेकाे हाे ।
आँखा पाक्ने राेग भयानक रुपमा फैलिन थालेपछि लालबन्दी नगरपालिकाले नगर भित्र आँखा पाक्ने राेगकाे उपचार र जनचेतनामूलक सन्खेश सहित नि:शुल्क घुम्ती शिविर समेत सञ्चालन गरेकाे छ । जसबाट करिब १० हजार जना आँखा पाक्ने समस्या देखिएका बिरामीहरुले सेवा लिएका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले जानकारी दिए।
नगरमा हाल सम्म धेरै जनामा डेंगी राेग देखा परेकाे छ भने करिब १० हजार भन्दा बढी मानिसहरु आँखा पाक्ने राेगबाट ग्रसित भएका नगरपालिकाले जनाएको छ । अब आँखा पाक्ने राेग र डेंगी राेगका बिरामीहरुकाे  उपचारका लागि अब तत्कालका लागि समस्या समाधान भएको प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताए ।

सम्बन्धित समाचार