वैदेशिक रोजगारीको बाहनामा रकम ठगेको आरोपमा एकजना पक्राउ

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-२२ गते   २३५ पटक हेरिएको

सर्लाही प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिबाट रकम ठगेको आरोपमा एकजना पक्राउ गरेको छ । जिल्लाको हरिवन नगरपालिका ११ का अन्दाजी ४० वर्षीय मिनबहादुर कार्कीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिबाट रकम ठगेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका विभिन्न स्थानका १३ जनालाई विभिन्न देशमा पठाइदिने भनेर रु ८७ लाख नगद उठाएको आरोपमा कार्कीलाई पक्राउ गरिएको हो ।कार्की विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाण्डौँ पठाउने तयारी भइरहेको सर्लाही  प्रहरीले जनाएको छ । 
जिल्लाका विभिन्न स्थानका सोझा सादा नागरिकहरुलाई विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी,साइबर क्राइम तथा बैंकिङ कसुर गरेको आरोप लागेका मानिसहरुलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान तथा कार्बाहीको लागि काठमाडौं पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech