सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको एजुकेशन माइन्स कन्सलटेन्सीले जापान अध्ययन गर्न जाने इच्छुक विद्यार्थीका लागि निरन्तर कक्षा सञ्चालन गरी रहेको छ ।पछिल्लो समय जापान अध्यायन गर्न जाने नेपाली विद्यार्थीहरुको बृद्धि भएसंगै काठमाण्डौँ लगायत ठूला शहरहरु बाहेक अन्यन्त्र कन्सलटेन्सीहरु नहुँदा नेपाली विद्यार्थीहरु समस्या परेको अवस्थालाई मध्य नजर गर्दै लालबन्दी नगरपालिका ७ स्थित रहेको एजुकेशन माइन्स कन्सलटेन्सीले जापान अध्ययन गर्न जाने इच्छुक विद्यार्थीका लागि निरन्तर कक्षा सञ्चालन गरी रहेको एजुकेशन माइन्स कन्सलटेन्सीका सञ्चालक उत्सव वनले बताए ।
उनका अनुसार संस्थाले विभिन्न समयमा खुल्ला रुपमा Study in japan Information Session कार्यक्रमहरु नै संचालन गरेर नेपाली विद्यार्थीहरुलाई सेवा लालबन्दी नगरपालिका ७ स्थित रहेको एजुकेशन माइन्स कन्सलटेन्सीले सेवा प्रवाह गरि रहेको छ ।जापान जान इच्छुक विद्यार्थीका लागि कक्षा समेत संचालन गर्दै आइरहेको कन्सलटेन्सीले औपचारिक जानकारी सत्र नै आयोजना गरी विद्यार्थीलाई जापान जाँदा हाँसिल गर्नुपर्ने ज्ञान र चाल्नुपर्ने प्रक्रियाहरुका बारेमा समेत विस्तृत रुपमा प्रष्ट पार्ने काम गरि रहेको कन्सलटेन्सीका संचालक वनले जानकारी दिए ।
उनले पछिल्लो समय च्याउ सरी खुलेका कन्सलटेन्सीहरुबाट विद्यार्थीहरु ठगिने गरेका कारण पनि सचेत भएर जापनिज भाषा अध्यायन गर्न विद्यार्थीहरु तथा तिनिहरुका अभिभावकहरुसंग आग्रह गरेका छन् ।लालबन्दी नगरपालिका ७ स्थित रहेको एजुकेशन माइन्स कन्सलटेन्सीले जापनीज भाषाका अलावा कोरियन भाषा,आइल्स,पिटिई,कम्प्युटर कक्षाका साथै अंग्रेजी भाषाको कक्षा समेत सञ्चालन गरि रहेको कन्सलटेन्सीका संचालक वनले बताए ।उनका अनुसार यसका साथै कन्सलटेन्सीले अमेरिका,अष्ट्रेलिया,क्यानडा र भारतलगायतका देशमा जान चाहने विद्यार्थीहरु तथा कामदारहरुलाई उचित परामर्श समेत दिने गरेको छ ।