सर्लाहीको बागमती नगरपालिका–५ सोल्टी स्थित रहेको जनता नमुना मा.विको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन खिलहरि पोखरेल(ध्रुव) सर्वसहमत चयन भएका छन् ।शनिबार भएको अभिभावक भेलाले पोखरेलको अध्यक्षतामा शेख मो फिरसैद,रमिला पाठक र रीना कुमारी राम सदस्यमा सर्व सहमत चयन भएका छन भने कवि कुमार सुवेदी शिक्षक प्रतिनिधि तथा डिल्ली प्रसाद प्याकुरेल शिक्षक अभिभावक संघको अध्यक्षमा सर्वसहमत चयन भएका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।उनका अनुसार अध्यक्ष पोखरेलको पहिलो कार्यकालमा जनता नमुना मा.वि.लाई बागमती नगरपालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ठ बनाउने काम भएको थियो ।

सामुदायिक विद्यालयहरु पनि निजी(संस्थागत)विद्यालय भन्दा कम छैनन् भन्ने बनाउने सोचाईका साथ पहिलो कार्यकालमा उल्लेख्य काम गरेका अध्यक्ष पोखरेलले दोस्रो कार्यकालमा जनता मा.वि.लाई सर्लाही जिल्ला मै उत्कृष्ठ र नमुना मावि बनाउने योजनाका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।सर्वसहमत अध्यक्ष चयन भएका पोखरेललाई मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा,बागमती नगरपालिकाका निवर्तमान नगर प्रमुख भरत कुमार थापा र बागतमी नगरपालिकाको शिक्षा शाखाका संयोजक मिन कुमार उपाध्याय लगायतले माला खादाले सम्मान गर्दै बधाई दिएका छन् ।