Close This

नक्कली नोट कोवारीलाई सर्लाही प्रहरी छाड्ने बारा प्रहरी समाउने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१० गते   १४ पटक हेरिएको

नक्कली नोट सहित पक्राउ परेका मानिस अनुसन्धानका लागि छाडिदाँ सर्लाही प्रहरी विवादीत बनेको छ ।  जिल्लाको हरिवन नगरपालिका ११ बाट नक्कली नोट रु ९८ हजार सहित नियन्त्रणमा लिइएका एक  मानिसलाई थप अनुसन्धानको लागि भन्दै केही दिनमा छाडिएको थियो । तर सोही मानिस बाराबाट पक्राउ परेपछि सर्लाही प्रहरी विवादीत बनेको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएको र अनुसनधान गरी रहेको साथै अभद्र व्यावहारमा मुद्धा चलाएको मानिस अचानक छुट्नु र बाराको निजगढबाट नक्कली नोट कारोबार गरि रहेको समयमा पक्राउ पर्नुले सर्लाही प्रहरी माथी शंका गर्ने ठाउँ देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना शंकलक सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले मोटो रकम घुस लिएर जाली नोट सहितको कारोबारीलाई छोडिदिएका आशंकामा प्रहरी प्रधान कार्यालयले उनिहरुमाथी अनुसन्धान शुरु गरेको जनाएको छ ।
उनीहरुले जाली नोट कारोवारीलाई छाडेपछि प्रहरी प्रधान कार्यालयको दबाबमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरले अनुसन्धान शुरु गरेको हो । प्रहरी प्रधान कार्यालयले सो विषयमा गम्भीर रुपमा छानवीन गर्न निर्देशन दिएपछि अनुसन्धान शुरु भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले जनाएको छ ।
करिब १ महिना अघि जाली नोट सहित पक्राउ परेका मानिसलाई छुटाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज र ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक अवदेशले कारोबारीसँग मोटो रकम लिएर कारोवारी छाड्न सेटिङ गरेको स्रोतको दावी छ । स्रोतका अनुसार रकम बुझे पश्चात् जाली नोट सहित कारोबारीलाई छोडिएको थियो । तर यस बिषयमा प्रहरी प्रधान कार्यालयमा जानकारी पुगेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) उमेश रन्जितकारले अनुसन्धान शुरु गरेको बताउनु भयो । 
‘यो विषयमा हामीले छानवीन गरिरहेका छौ अनुसन्धानमा दोषी देखिए कारवाही गर्छौ’, प्रदेश २ का डीआईजी रन्जितकारले बताउनु भयो । उहाँले प्रहरी निरीक्षक यादवलाइ प्रदेश प्रहरी कार्यालय तानेपनि रकम बार्गेनिङ गर्ने घुमुवा प्रहरी सहायक निरीक्षक मनोजलाइ भने छाडा छोडेका छन् । यस घटनामा प्रहरी सहायक निरीक्षक मनोज र प्रहरी निरीक्षक अवधेशको साथ साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुह प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नाम समेत मुछिएको छ । 
प्रहरी उपरिक्षक राठौर सर्लाही आएपछि जिल्लाका भन्सार छलीका कारोवारीहरुको मनोवल बढेको छ ।प्रहरी उपरिक्षक आफैँ भन्सार छलीका सामाना ओसार पसारमा प्रहरीले वा सुरक्षाकर्मीहरुले मात्र चाहेर भन्सार छलीका सामान ओसार पसार रोक्न नसकिने बताउँदै त्यस्ताबाट सकेसम्म कमिसन असुल्दा पाप नलाग्ने भन्दे कमिसन असुलीमा लागेका पाईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech