सर्लाहीको बसबरिया र ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

161 Shares

सरकारले सर्लाहीको बसबरिया र ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ।सोमबार एक सय १२ जना शाखा अधिकृतको सरुवा गर्दा सर्लाहीको बसबरिया र ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको पनि सरुवा भएको हो।बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भेष साहलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा बसबरिया गाउँपालिकामा पठाइएको छ।

Screenshot 2026-07-13 215829.png
यस्तै,ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जय दासको पनि गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको स्थानमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विकास कुशवाहालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा ब्रम्हपुरी गाउँपालिकामा खटाइएको छ।

सम्बन्धित समाचार