आर्थिक चलखेल गरि नागरिकता सिफारिस गर्ने मलंगवा १२ का वडा अध्यक्ष राय निलम्बित

गणेश खड्का    प्रकाशित: २०८०-४-२१ गते   ३१९ पटक हेरिएको

 सर्लाहीको मलंगवा नगरपालिका १२ का वडा अध्यक्ष निलम्बनमा पर्नु भएको छ । उमेर नै नपुगेमा मानिसलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भन्दै नागरिकता हराएको बताई  सिफारिस गरेको अभियोगमा मलंगवा नगरपालिका १२ का वडा अध्यक्ष  रामदरेश रायलाई निलम्बन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
आयोगका अनुसार उमेर नपुगेका व्यक्तिहरूलाई नागरिमता हराएको भनी सिफारिस गरि सामाजिक सुरक्षा भत्ता दिलाउने प्रयास गर्नु भएका वडन अध्यक्ष रायलाई तत्कालका लागि निलम्बन गरिएको हो ।
वडा अध्यक्ष रायले वडाका करिब ५० जनालाई नागरिकता हराएको भनी उमेर नै नपुगि सामाजिक सुरक्षा भत्ताको लागि सिफारिस गरेका पाएपछि छानविन गर्न भन्दै आयोगले निलम्बन गरी छानविन सुरु गरेको जनाएको छ ।
आयोगले वडाध्यक्ष रायले सिफारिस गरेका नागरिकहरुको प्रतिलिपी सिफारिस र त्यस आधारमा दिइएका प्रतिलिपी नागरिकताको अनुसन्धान गरिरहेको जनाएको  छ। उमेर धेरै बढाएर नागरिकता सिफारिस गरेवापत प्रतिव्यक्ति रु ६० हजार सम्म रकमको चलखेल भएको समेत पाईएको आयोगले जनाएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech