स्थानिय निर्वाचनमा सर्लाहीमा करिब ७५ प्रतिशत मत खस्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-४ गते   १७१४ पटक हेरिएको

बैशाख ३० गते भएको स्थानिय निकायको निर्वाचनमा सर्लाहीमा करिब ७५ प्रतिशत मतदान भएको छ । ११ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लामा ३ सय १८ मतदान स्थल र ५ सय ९९ मतदान केन्द्रबाट  ४ लाख ७४ हजार ४ सय ३९ जना मतदाता मध्य ३ लाख ५१ हजार ६ सय १३ जनाले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दनिुभयो । उहाँका अनुसार कुल मतदाताको ७४ दशमलव ११ प्रतिशत मतदाताले मतदान गरेका हुन ।
जिल्लाको मलंगवा नगरपालिकामा २८ हजार ९ सय ९२ मतदाता मध्य २१ हजार ४ सय २६ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष १० हजार ९ सय ९८ र महिला १० हजार ४ सय १५ जनाले मतदान गरेका छन् । इश्वरपुर नगरपालिकामा ३७ हजार ८ सय ८३ मतदाता मध्य २७ हजार ३ सय ९९ जना मतदाताले मतदान गरेका छन् । जसमा पुरुष १३ हजार ६ सय ३८ र महिला १३ हजार ७ सय ५१ जनाले मतदान गरेका छन् ।
कविलासी नगरपालिकामा २५ हजार ४ सय ९ मतदाता मध्य १९ हजार ७ सय १६ जना मतदाताले मतदान गरेका छन् । जसमा पुरुष १० हजार ८१ र महिला ९ हजार ६ सय २५ जनाले मतदान गरेका छन् । कौडेना गाउँपालिकामा १६ हजार ४ सय ८९ मतदाता मध्य १२ हजार १ सय ३१ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ५ हजार ९ सय २५ र महिला ६ हजार २ सय ३६ जनाले मतदान गरेका छन् ।
गोडैता नगरपालिकामा २८ हजार १ सय ५७ मतदाता मध्य २२ हजार १२ .मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ११ हजार ५ सय ९६ र महिला १० हजार ४ सय २५ जनाले मतदान गरेका छन् । चक्रघट्टा गाउँपालिकामा १७ हजार १ सय ६३ मतदाता मध्य १३ हजार २ सय १३ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ६ हजार ६ सय ५४ र महिला ६ हजार ५ सय ५९ जनाले मतदान गरेका छन् ।
चन्द्रनगर गाउँपालिकामा १८ हजार ९ सय ९० मतदाता मध्य १४ हजार ३ सय १५ जना मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ७ हजार २ सय ६० र महिला ७ हजार ६५ जनाले मतदान गरेका छन् ।धनकौल गाउँपालिकामा १३ हजार ७सय ३०  मतदाता मध्य १० हजार ४ सय २५ जना मतदाताले मतदान गरेका छन् । जसमा पुरुष  ५ हजार ६ सय ८३ र महिला ४ हजार ७ सय ४३ जनाले मतदान गरेका छन् ।
पर्सा गाउँपालिकामा १२ हजार ५ सय २७ मतदाता मध्य ७ हजार ८ सय १३ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष  ३ हजार ८ सय ७९ र महिला ३ हजार ९ सय ४१ जनाले मतदान गरेका छन् । बरहथवा नगरपालिकामा ४३ हजार २ सय २ मतदाता मध्य ३२ हजार १ सय मतदाताले मतदान गरेका छन् । जसमा पुरुष १६ हजार ३ सय ५ र महिला १५ हजार ७ सय ९५ जनाले मतदान गरेका छन् ।
बलरा नगरपालिकामा २३ हजार ४ सय ५२ मतदाता मध्य १६ हजार ९ सय ३८ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ८ हजार ७ सय ५ र महिला ७ हजार ५ सय ८८ जनाले मतदान गरेका छन् । बसबरिया गाउँपालिकामा १४ हजार ४सय ४१ मतदाता मध्य ११ हजार २ सय ८० मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ५ हजार ८ सय ६३ र महिला ५ हजार ३ सय ३६ जनाले मतदान गरेका छन् ।
बागमती नगरपालिकामा ३१ हजार ६ सय २ मतदाता मध्य २२ हजार ८ सय ९० मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ११ हजार १ सय ३७ र महिला ११ हजार ७ सय ५३ जनाले मतदान गरेका छन् । ब्रम्हपुरी गाउँपालिकामा १७ हजार ९ सय ६४ मतदाता मध्य १३ हजार २ सय ४२ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ६हजार ६ सय ३३ र महिला  ६ हजार ६ सय ९ जनाले मतदान गरेका छन् ।
रामनगर गाउँपालिकामा १५ हजार ७ सय ९९ मतदाता मध्य १२ हजार १ सय ४७ जनाले मतदान गरेका छन् भने  ६ हजार ५ सय ५९ पुरुष र ५ हजार ५ सय ९८.जना महिलाले मतदान गरेका छन् । लालबन्दी नगरपालिकामा ३९ हजार ९ सय २७ मतदाता मध्य २८ हजार ५ सय ८६ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष १४ हजार ५६ र  महिला १४ हजार ५ सय ३० जनाले मतदान गरेका छन् ।
विष्णु गाउँपालिकामा १४ हजार ७ सय २३ मतदाता मध्य ११ हजार ४० मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ५ हजार ९ सय १ र महिला ५ हजार १ सय ३९ जनाले मतदान गरेका छन् । हरिपुर नगरपालिकामा २२ हजार ८ सय २२ मतदाता मध्य १७ हजार १ सय ५७ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ८ हजार ४ सय ९० र महिला ८ हजार ६ सय ६७ जनाले मतदान गरेका छन् ।
हरिपुर्वा नगरपालिकामा १९ हजार ९ सय २० मतदाता मध्य १५ हजार १९ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ७ हजार ४ सय ८ र महिला ७ हजार १ सय १४ जनाले मतदान गरेका छन् । र हरिवन नगरपालिकामा ३१ हजार ४ सय ४७ मतदाता मध्य २२ हजार ७ सय ६३ मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ११ हजार १ सय ६७ र महिला ११ हजार ५ सय ९६ जनाले मतदान गरेका छन् ।
त्यसैगरी जिल्लाका केही स्थानिय निकाय बाहेक अन्यन्त्र शान्ती पुर्णरुपमा स्थानिय निकायको निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो । उहाँका अनुसार मतदानको दिन बैशाख ३० गते शुक्रबार परेको भारी वर्षाका कारण दिउँसो केही समय मतदान प्रक्रिया बन्द भएको भएपनि वर्षा रोकिएपछि मतदान सुचारु भएको थियो । भने केही स्थानिय निकायमा विवाद भएका कारण मतदान कार्यक्रम केही समय रोकिएको भएपनि पछि मतदान भएको थियो ।
यता, बरहथवा नगरपालिका १७ को मतदान सम्पन्न भएको छ । आधारभूत विद्यालय परोरिया मतदान स्थलका २ वटा मतदान केन्द्रमा मंगलबार भएको पुनः मतदानमा ८४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 
निर्वाचन आयोगले उक्त वडामा गत शुक्रबार भएको मतदान रद्द गर्ने निर्णय गरेपछि मंगलबार पुनः मतदान भएको हो । जम्मा १ हजार ९ सय ५४ मतदाता रहेको उक्त दुवै मतदान केन्द्रमा  मंगलबार ८४ प्रतिशत मत खसेको निर्वाचन अधिकारी भूजेलले जानकारी दिनुभयो । 
सो वडामा निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech