जनाधार,विकास र पहुँचयोग्य नेतृत्व गरेका कारण सर्लाही १ मा नेकपाका साह बलियो दाबेदार

123 Shares

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ।स्थानीय तह निर्वाचन २०७९ को परिणाम,पछिल्लो पाँच वर्षमा भएका विकास निर्माणका काम र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आधार मान्दा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार प्रमोद साह बलियो दाबेदारका रूपमा देखिएका छन्।
चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन रहेको सर्लाहीका दुई सय वटा वडा मध्ये ४९ वटा वडा क्षेत्र नम्बर १ मा छन् भने त्यसमध्ये १४ वटा वडा तत्कालीन नेकपा (माओवादी केन्द्र) सहित हाल बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)पक्षले जितेको तथ्यांकले पनि संगठनात्मक आधार मजबुत रहेको संकेत गर्छ।चन्द्रनगर गाउँपालिकाका तीन वटा,ईश्वरपुर नगरपालिकाको एक वटा,लालबन्दी नगरपालिकाका छ वटा,कविलासी नगरपालिकाको एक वटा र हरिपुर नगरपालिकाका तीन वटा वडा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को पक्षमा रहनुले क्षेत्रीय संरचना सुदृढ रहेको विश्लेषण गरिएको छ ।नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवारहरु धेरै वडामा झिनो मतान्तरले पराजित भएको तथ्यले पनि मत आधार राम्रो रहेको देखिन्छ।
स्थानीयहरूका अनुसार नेकपाका उम्मेदवार साहको सबल पक्ष केवल दलगत समर्थन मात्र नभई पहुँचयोग्य र सक्रिय प्रतिनिधिको छवि हो।निर्वाचित भएपछि जनताबाट टाढिने प्रवृत्तिको व्यापक गुनासो बीच नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का साह प्रतिनिधिसभा सदस्य रहँदा र अन्य समयमा पनि जनताको दुःख–सुखमा प्रत्यक्ष सहभागी हुने नेताका रूपमा परिचित छन्। “समस्या लिएर जाँदा सुन्ने र सकेसम्म समाधान गर्ने नेता”भन्ने छवि उनका पक्षमा सकारात्मक कारक बनेको छ।
विकास निर्माणतर्फ पनि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का साहको कार्यकाल उल्लेखनीय रहेको समर्थकहरूको दाबी छ।करिब दुई हजार पाँच सय जनता आवास,एक हजार दुई सय सुरक्षित नागरिक आवास,७२ वटा सामुदायिक भवन,३६ वटा विद्यालय भवन निर्माण,चार मुख्य तथा पाँच सहायक सडक कालोपत्रे,धार्मिक स्थलहरूको संरक्षण,कृषियोग्य जमिन संरक्षणका लागि नदी नियन्त्रण,डिप बोरिङ र साना ट्युब वेल जस्ता योजनाले ग्रामीण भेगमा प्रत्यक्ष प्रभाव पारेको दाबी छ ।स्वास्थ्य र विद्युत् क्षेत्रमा गरिएका पहलले पनि जनजीवनमा सहजता थपेको स्थानीयको अनुभव छ।
यस पटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का साहलाई जनता समाजवादी पार्टी (जसपा)नेपाल,नेकपा (एमाले) र नेपाली कांग्रेसका केही समर्थक वर्गबाट समेत मत आउने आकलन गरिएको छ।विशेषगरी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ प्रति केही असन्तुष्टि र नेकपा(एमाले)भित्रको मतान्तरले पनि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का साहलाई लाभ पुग्न सक्ने स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।
चुनावी प्रचारका क्रममा घरदैलोमा पुग्दा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का साहलाई स्थानीयले उत्साहपूर्वक स्वागत गरिरहेको दृश्यले पनि चुनावी माहोल उनको पक्षमा बन्दै गएको संकेत गर्छ।दलगत सीमाभन्दा माथि उठेर विकास र पहुँचलाई प्राथमिकता दिएको सन्देशले सर्लाही क्षेत्र नम्बर १ मा उनको प्रतिस्पर्धा अरू उम्मेदवारभन्दा फरक बनाएको देखिन्छ।वर्तमान समीकरण,विगतको कार्यसम्पादन र जनसम्पर्कको आधारमा सर्लाही क्षेत्र नम्बर १ मा साहको सम्भावना बलियो देखिएको छ।

सम्बन्धित समाचार