लालबन्दीमा कृषि क्याम्पसका लागि जग्गा प्राप्तीको पहल सुरु

375 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले कृषि क्याम्पस स्थापना गर्न जग्गा प्राप्तीको पहल सुरु गरेको छ।लालबन्दी नगरपालिकाले कृषि क्याम्पस स्थापना गर्न लालबन्दी नगरपालिका १६ परवानीपुरमा जग्गा प्राप्तीका लागि पहल थालिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिए।उनका अनुसार काठमाडौं विश्व विद्यालयले लालबन्दी नगरपालिकाभित्र आफ्नो आंगिक क्याम्पसको रुपमा कृषि क्याम्पस स्थापना गर्न सहमति जनाए पनि जग्गाको टुङ्गोे लगाउने पहल सुरु भएको हो ।
लालबन्दी नगरपालिकाले लालबन्दी नगरपालिका १६ परवानिपुर गाउँदेखि पुच्छारमा वनको नदी उकास जमिन क्याम्पसका लागि उपलब्ध गराउन पहल थालिएको लालबन्दी नगरपालिकाका प्रवक्ता एवम लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले बताए ।उनका अनुसार कालिन्जोर खोलाको नदी उकास ६० बिघा भन्दा बढी जग्गामा कुनै रुख,विरुवा नरहेको र काठमाडौं विश्व विद्यालयका पदाधिकारीलाई अनुगमन गराउँदा उक्त ठाउँ क्याम्पस स्थापनाका लागि उपयुक्त हुने बताएकाले नगरपालिकाले सो जग्गा प्राप्तीका लागि पहल थालेको हो ।
जग्गा प्राप्तीका लागि पहल गर्ने क्रममा शनिबार(आज)मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साह र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई उक्त नदी उकास जमिन क्षेत्रको स्थलगत निरीक्षण गराइएको लालबन्दी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।जग्गाको निरीक्षणमा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री साह र श्रम तथा यातायात मन्त्री राय सहित लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारी,उप प्रमुख कल्पना माया पाख्रिन,जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका अध्यक्ष दीपक अधिकारी र लालबन्दी नगरपालिकाका प्रवक्ता एवम लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष थापा,प्रदेश वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय सर्लाहीका प्रतिनिधि सहित स्थानीयबासीको सहभागी रहेको थियो ।

सम्बन्धित समाचार