सीमा क्षेत्रमा पुरुषको वेवारिसे शव फेला

162 Shares

 सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै एक पुरुषको बेवारिसे शव फेला परेको छ।सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७÷२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी वर्ष ५० का पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार अपरचित मानिसको शव फेला परेको शव नजिकै बोराको झोलाभित्र मदिरा र केही भारतीय रकम समेत भेटिएको छ ।शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार