मधेश प्रदेशको पर्यटकीय स्थल भरत ताल परिसरमा वृक्षारोपण,

एसपि गौरव    प्रकाशित: २०८०-४-७ गते   ८६८ पटक हेरिएको

मधेश प्रदेशको पर्यटकीय स्थल भरत ताल परिसरमा वृक्षारोपण गरिएको छ । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको पर्यटकीय स्थल भरत ताल परिसरमा नगर भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले वृक्षारोपण गरेका बागमती इन्टरटेन्मेन प्रा.लीका अध्यक्ष गौतम खड्काले जानकारी दिए ।

उनका अनुसार बागमती नगरपालिका ११,स्थित रहेको श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयको स्काउट टिमले मधेश प्रदेश कै पर्यटकीय एवम दक्षिण यसिया कै सबै भन्दा ठुलो मानव निर्मित भरत ताल परिसरमा विभिन्न प्रजातीका बिरुवाहरु रोपेका हुन ।

 विद्यार्थीहरुको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सहभागी गराएर विभिन्न प्रकारका फुलहरुका साथै स्व प्लान्ट रोपिएको श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयको स्काउट टिम लिडर रन्जना मग्रातीले जानकारी दिइन् । उनका अनुसार एक सय ३० वटा फुल र स्व प्लान्टका बिरुवा रोपिएको हो ।


यस्तै बागमती नगरपालिका २,धरहरामा रहेको जन बाल कल्याण माध्यामिक विद्यालय परिसरमा पनि विद्यार्थीहरुले वृक्षारोपण गरेका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले विद्यालयको परिसरमा ५० वटा धुपीका बिरुवा रोपेका छन् ।
बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले विद्यालय परिसरलाई हरितगृह बनाउने अभियान थालेपछि बागमती नगरपालिका ३ का वडा सदस्य शिरमान स्यांतानले केही विरुवाहरु उपलब्ध गराएका विद्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech