बागमती ११ को नमुना पहरीबस्ती गृह मन्त्री श्रेष्ठद्धारा हस्तान्तरण

772 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका ११ मा निर्माण भएको नमुना पहरी बस्ती हस्तान्तरण गरिएको छ । बागमती नगरपालिका ११ मा नगरपालिकाले निर्माण गरेको १३ घर नमुना पहरी बस्ती नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायण काजी श्रेष्ठ(प्रकाश)को प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो ।
बागमती नगरपालिकाको आयोजनामा नमुना पहरी बस्ती हस्तान्तरण तथा सहभोज कार्यक्रम गरी  नेपाल सरकारका उप प्रधान  तथा गृहमन्त्री श्रेष्ठले उद्घाटन गरि घरको सांचो हस्तान्तरण गरेका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।


नगरपालिकाको रु १ करोड ५३ लाखको लागतमा निर्माण गरिएको १३ वटा नमुना घरमा पहरीहरुलाई व्यावस्थापन गरेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिईन् ।
लोपोन्मुख पहरी जातीको संरक्षणका लागि नगरपालिका गंभिर भएको र नगरपालिकाको लगानीमा निर्माण गरिएको बस्ती हस्तान्तरण गरिएको बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप कुमार आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार