नेपाल प्रहरीसँग सबै सुन तस्कर र डलर तस्करको रेकर्ड रहेको सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीले बताए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सर्लाही क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल प्रहरीसँग सबैको रेकर्ड भएकाले राम्रोसँग अनुसन्धान गर्दा सबै पत्ता लगाउन सकिने बताएका हुन्।
पुर्व प्रहरी निरिक्षक समेत रहेका सांसद चौधरीले आफुपनी सोही टिममा रहेर केही समय काम गरेकाले आफुलाई पनि अलिअलि अनुभव रहेको बताउँदै‘यो टिआइएमा प्रहरी अधिकृतको रूपमा म स्वयं एक वर्ष काम गरिसकेको छु। आफ्नै हातले १७ किलो,१० किलो,५ किलो जति सुन समातेको छु। त्यहाँ सँधै सुन फेलापर्छ,’ पूर्वप्रहरी अधिकृतसमेत रहेका चौधरीले भने,‘एक सयभन्दा बढी तरिकाले सुन लुकाएर ल्याइन्छ। मान्छेले निलेर पनि सुन र डलर ल्याउँदो रहेछ।’बताए ।
कतिपय मान्छेले लुकाएर ल्याएको सुन र डलर अस्पतालमा लगेर पनि निकालिएको र
प्रहरीले राम्ररी अनुसन्धान गरे सबै तस्करलाई समाउन सकिने उनले बताए । ‘प्रहरीमा सुन र डलर तस्कर सबैको रेकर्ड छ।यसलाई राम्रोसँग अनुसन्धान गरियो भने सबै पत्ता लगाउन सकिन्छ,’उनले थपे । ‘सबैभन्दा बढी २०४५ सालमा करिब चार क्विन्टल सुन उपत्यकाका तत्कालीन डिआइजी रणबहादुर चन्दको कार्यकालमा बरामद भएको सांसद चौधरीले बताए ।