Close This

इश्वरपुर १२ को चुरे क्षेत्रका बस्तीमा डिप बोरिङ खन्न सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-३ गते   २६२ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम शुरु भएसँगै विगतका वर्षहरुमा हुँदै आएको खानेपानी समस्या यस वर्षबाट समाधान हुने भएको छ । केही समय पहिला इश्वरपुर नगरपालिकाल १२ मा खानेपानीको समस्या स्थानीय सरकार मौन भन्ने विषयमा विभिन्न सञ्चार माध्यामहरुमा समाचार प्रकाशन र रिपोर्ट प्रसारण भएपछि स्थानीय सरकार इश्वरपुर नगरपालिकाको विशेष पहलमा इश्वरपुर नगरपालिका १२ स्थित उत्तरी चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या समाधान हुने भएको हो ।
सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम शुरु भएसँगै विगतका वर्षहरुमा हुँदै आएको खानेपानी समस्या समाधान गर्न नगरपालिका लागि परेपछि सो क्षेत्रमा खानेपानीको समस्या समाधान हुने भएको छ । इश्वरपुर नगरपालिकाको विशेष पहलमा इश्वरपुर नगरपालिका १२ स्थित उत्तरी चुरे क्षेत्रका बस्तीमा यस वर्षबाट खानेपानीको समस्या समाधान हुने भएको हो ।
जिल्लाको उत्तरी चुरे क्षेत्रका धारा,इनार,कुवा लगायतका  खानेपानीका स्रोत हिउँदयाममा सुक्दा पिउँने पानीको समस्या झेल्दै आएको भएपनि अब खानेपानीको समस्या समाधान हुने ईश्वरपुर नगरपालिका १२ का स्थानिय रामबाबु थिङले बताए । उनले भने हामीले अहिले पाएको नगर प्रमुख मनोज कुमार आचार्य काम गर्ने मान्छे हुन उनले हामीलाई पानी खुवाउँछन् ।
जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरेडाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको  समस्या सुरु हुने गरेको भएपनि स्थानीय जनतालाई खानेपानी खुवाउने नगर प्रमुखले विश्वास दिएका र आज पुरा हुने चरणमा रहेको स्थानीय नवराज गोलेले बताए । उनले भने बालेन र हर्क जस्तै मेयर हामीले पाएका छौँ । खुसी छौ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका १२ को घारीबथान,गुइडुङ,शिर फुलजोर,शिर कालीन्जोर,लालबन्दी नगरपालिका १५ को धुसेनी,देउराली,तिनघरे,लालबन्दी नगरपालिका १२,१३ र १४ का अधिकांश बस्तीहरुका साथै हरिवन नगरपालिका १ को चुरे क्षेत्रका बस्तीहरुमा हिउँदयाममा खानेपानीको समस्या देखिने गरेको छ ।
सर्लाहीको कर्णाली भनेर चिनिने यि स्थानका बस्तीहरुमा अरु समयमा पनि सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भएपनि सुक्खा मौसम सुरु भएपछि खानेपानीको थप समस्या देखिएको गुनासो आएका कारण आफुले ठुलो पहल गरेर सोक्षेत्रमा खानेपानीको समस्या समाधानका लागि लागेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए । उनले भने काकाकुल यस क्षेत्रका नागरिकहरुलाई जसरी पनी पानी खुवाएरै छाड्छु । मेरो पहलमा संघिय सरकारबाट पनि ठूलो बजेट ल्याएर यस क्षेत्रमा पानी खुवाउने मेरो पहिलो प्राथमिकता रहने छ ।
हिउँदको समयमा पर्याप्त पानी नपर्नाले,बढ्दो वन विनाश र विभिन्न किसिमका खानी उत्खनन्ले गर्दा पछिल्ला वर्षहरूमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकहरू बताउछन् । हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीहरु भालुखोप केरावारी,वनमारा,बेलडाँडा,कालिन्जोर,परवानीपुर,नारायणखोला,अत्रौली,ढुङ्ग्रेखोला,शिर फुलजोर लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भएपनि त्यो समस्या समाधान गर्न स्थानिय सरकार लागि पर्दा स्थानीय नागरिकहरुमा केही सास पलाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech