शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिकाले बागमती जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बागमती नगरपालिका १२ स्थित रहेको स्वास्थ्य चौकी कर्मैयामा नगरपालिकाले बागमती जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
मधेश प्रदेश सरकारसंगको समन्वयमा आधुनिक डिजिटल मेसिनद्वारा बागमती जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार गर्भवती महिलाहरुका लागी निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) परिक्षण ,निःशुल्क क्षयरोगका लागी खकार परिक्षण,निःशुल्क मलेरिया तथा कालाजारको रगत परिक्षण,निःशुल्क एच.आई.मि.÷एड्सको परिक्षण,न्यून दररेटमा अन्य रोगहरुका लागी रगत,दिशा,पिसाबको परिक्षण र मुटु,कलेजो,मृगौला तथा टाईफाईडको समेत जाँच गर्ने बागमती जनस्वास्थ्य प्रयोगशालामा सञ्चालनमा ल्याइएको हो ।
बागमती नगरपालिका १२ मै १५ शैयाको नगर अस्पताल निर्माणधिन अवस्थामा रहेको समयमा ग्रामिण क्षेत्रलाई लक्षित गरि बागमती जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिइन् । उनका अनुसार नगरबासीहरुलाई सामान्य औषधोपचार गर्न नगर भन्दा बाहिर जानु नपरोस भनेर बागमती जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
कर्मैया स्वास्थ्य चौकीमा आधुनिक डिजिटल मेसिनद्वारा बागमती जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ल्याब सेवा सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य समस्यामा नगरबासीहरुले नगर भन्दा बाहिर जानु नपर्ने भएको छ ।