696
Shares
जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि नेपाल तामाङ घेदुङ सर्लाही र नेपाल मगर संघ सर्लाहीले संयुक्त शान्तीपुर्ण प्रर्दशन गरेका छन् ।
विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे (शितल)लाई कारबाहीको माग राख्दै नेपाल तामाङ घेदुङ सर्लाही र नेपाल मगर संघ सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि संयुक्त रुपमा शान्तीपुर्ण प्रर्दशन गरेका नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध लामाले जानकारी दिए ।
आफ्नो समुदाय प्रति लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवतीलाई तत्कालन कारबाही गर्नु पर्ने आफुहरुको माग रहेको उनीहरुले बताएका छन् ।