Close This

होटल व्यावसायी आफैले लगाए एक होटलमा ताला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२४ गते   ६२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ मा सञ्चालीत सर्लाही होटल एण्ड  गेष्ट हाउसमा तालाबन्दी गरिएको छ । केही सञ्चार माध्यामहरुमा सर्लाहीको होटलहरुमा गैर कानुनी धन्दा चलाउने गरेको भन्ने समाचार सम्प्रेषण भएपछि उद्योग बाणिज्य संघ लालबन्दी,लालबन्दीका होटल व्यावसायीहरु,लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने र स्थानिय प्रहरीको संयुक्त टोलीले सो होटलमा तालाबन्दी गरेको हो ।
 लालबन्दीका केही होटलहरुमा जुवातास खेलाउने,देहव्यापार गराउने कार्य गरेका भन्ने विषयमा समाचार सम्प्रेषण भएको थियो भने सोही विषयलाई लिएर सर्लाही होटल एण्ड  गेष्ट हाउसमा तालाबन्दी गरिएको लालबन्दीका होटल व्यवासायीहरुले बताएका छन् । 
दर्ता पनि नभएको र गैर कानुनी कार्य गरेको भन्दै प्रहरीले  सो होटलका सञ्चालकलाई केही दिन पहिला नियन्त्रणमा लिएको थियो । उनले सञ्चालन गरेको होटलका कारण लालबन्दीका अरु होटल व्यावसायीहरु पनि बद्नाम भएका भन्दै होटल व्यावसायीहरु ,लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष न्यौपाने र उद्योग बाणिज्य संघ लालबन्दीको संयुक्त टोलीले  आज(बुधबार) सो होटलमा तालाबन्दी गरेको उद्योग बाणिज्य संघ लालबन्दीका महासचिव तथा लालबन्दीका होटल व्यावसायी दिपेन्द्र बलम्पाकीले जानकारी दिनु भयो ।  उहाँका अनुसार केही दिन पहिला केही सञ्चार माध्यामहरुमा लालबन्दीका केही होटलहरुमा गैर कानुनी धन्दा चलाएको भन्ने समाचार सम्प्रेषण भएपछि आफुहरुको गंभिर ध्यानाकर्षण भएको र  उद्योग बाणिज्य संघ लालबन्दी,लालबन्दीका होटल व्यावसायीहरु,वडा अध्यक्ष  र स्थानिय प्रहरी प्रशासनको संयुक्त टोलीले सो होटलमा तालाबन्दी गरेको हो ।
केही दिन पहिला केही सञ्चार माध्यामहरुमा लालबन्दीका केही होटलहरुमा गैर कानुनी धन्दा शिर्षकमा समाचार सम्प्रेषण हुनु पर्नेमा अन्याथा भएको  थियो । सो विषयमा पनि केही सञ्चारकर्मीहरु र उद्योग बाणिज्य संघ लालबन्दी तथा लालबन्दीका होटल व्यावसायीहरु वीच छलफल समेत भएको र समाचार सम्प्रेषणका क्रममा केही हुनु पर्नेमा अन्याथा भएको निष्कर्ष निस्केको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech