Close This

सीमा नाका अनिश्चितकालका लागि बन्द, पाहुनालाई लुकाएर राखेमा कडा कारबाही हुने

पत्र पत्रिका    प्रकाशित: २०७७-१-३ गते   ३८२ पटक हेरिएको

 सरकारले नेपाल भित्रने सीमा नाका बन्दलाई निरन्तरता दिएको छ । लकडाउनको समयलाई बढाएर बैसाख १५ गतेसम्म पुर्याएको सरकारले सीमा नाका पनि बन्द रहेको जनाएको छ । 

सीमा नाका कहिलेसम्म बन्द भन्ने विषयमा भने सरकारले निर्णय गरेको छैन, त्यसैले सीमा नाका अनिश्तिकालका लागि बन्द भएका हुन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हवाई, र भू-मार्ग मार्ग हुने कुनै पनि आवतजावतलाई निशेष गरेको अर्थ एबंवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो । 

यस्तै विदेशबाट आएका जो कोहिलाई बास दिनेहरुलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । स्थानीय प्रशासनको आँखा छलेर विदेशबाट आएकाहरुलाई लुकाएर राखेमा कानुनअनुसार कडा कारबाही हुने खतिवडाले बताउनुभयो ।https://ujyaaloonline.com/

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech