सर्लाहीको ब्रम्हपुरी गाउपालिका ४ स्थित त्रिभुवननगर सिमानाकाबाट नेपाल प्रहरीले ३ सय केजी चिनी र दुध बढाउने दाना २ सय केजी बरामद् गरेकाे छ ।
प्रहरी चाैकी त्रिभुवननगरबाट प्रहरी वरिष्ठ नायव निरिक्षक माेहनमणी कटुवालको नेतृत्वमा खटिएको प्रहरी टाेलीले चेकजाँचकाे क्रममा चिनी २५ केजिका दरले १२ बाेरा र पशु चाैपायकाे दूध बढाउने दाना ५० केजिका दरले ४ बाेरा बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे ।
त्रिभुवननगरबाट बयलवास तर्फ आउने स्थानिय यात्रु बसबाट चेकजाँचकाे क्रममा साे सामान बरामद् भएको हाे । बरामद् भएको सामान करिब रु २५ हजार बराबरकाे रहेकाे प्रहरीले जनाएको छ ।
चामलकाे बाेरामा चिनी प्याक गरेर भन्सार छली लुकाई छिपाई बयलवास तर्फ लैजाँदै गर्दा प्रहरीले चेकजाँचकाे क्रममा साे सामान बरामद् गरेकाे हाे ।