लालबन्दी नगरपालिकामा माओवादी केन्द्र र समाजबादी विच तालमेल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-११ गते   २१४६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)बीच स्थानीय तह निर्वाचनमा तालमेल  भएको छ ।आईतबार राती करिब १०:३० बजे सम्म लालबन्दीमा दुई दलका नगर स्तरीय नेताहरुबीच भएको छलफलले तालमेलको निर्णय गरेको हो ।
 सहमति अनुसार लालबन्दी नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्र तथा उप प्रमुखरमा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवार उठाउने भएको छ । वडाहरुको सम्बन्धमा पनि लगभग सहमति भएपनि केही वडाको भागवण्डा बाँकी रहेकाले सोमबार बिहान ६ बजे नै दुवै दलका नेताहरु बसेर सहमति गरिने नेकपा (माओवादी केन्द्र)लालबन्दी नगर कमिटी  सचिव राजन कुमार श्रेष्ठले  जानकारी दिनुभयाे।
लालबन्दीमा माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश अध्यक्ष प्रल्हाद बुढाथोकीलाई नगर प्रमुखको रुपमा अगाडी बढाउने करिब–करिब टुंगिएको छ । एकीकृत समाजवादीको तर्फबाट भने उप प्रमुखको उम्मेदवार टुंग्याउन बाँकी नै रहेको छ ।  एकीकृत समाजवादीका नेता प्रकाश थापाले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच लालबन्दी नगरपालिकामा तालमेल भएको जानकारी दिनुभयाे  । त्यस्तै समाजवादी नेतृ प्रदेश सभा सदस्य बेची लुंगेलीले सोमबार बिहान दुवै दलका नेताहरु बसेर लालबन्दी नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षको भागवण्डा समेत सक्ने बताउनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech