Close This

लक्षित समुदायको बजेट लक्षित समुदायमा नपुगेका मुसहर समुदायको गुनासो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२६ गते   १८७ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायले आफुहरुलाई स्थानीय सरकारको बजेटबाट बन्चित गराएको आरोप लगाएका छन् । राज्यले गरीब तथा पिछडिएका बर्गहरुको आर्थिक,सामाजिक तथा राजनीतिक विकासका साथै आयआर्जन र क्षमता विकासमा छुट्टाएको बजेट छुट्याएको भएपनि चन्द्रनगर गाउँपालिकाले आफुहरुलाई बजेटबाट बन्चित गराएको चन्द्रनगरका स्थानिय मुसहर समुदायको आरोप छ ।
राज्यले गरीब तथा पिछडिएका बर्गहरुको आर्थिक,सामाजिक तथा राजनीतिक विकासका साथै आयआर्जन र क्षमता विकासका लागि तराईका अति विपन्न माझी मुसहर समुदायको लागि छुट्टै बजेको व्यावस्था गरेको भएपनि सो बजेट कहाँ रमहिले खर्च हुन्छ भन्ने विषयमा आफुहरुलाई कुनै जानकारी नभएको स्थानिय रवि कुमार माझी मुसहरको गुनासो छ । उहआँका अनुसार शिक्षा,स्वास्थ,आयआर्जन र क्षमता विकासमा छुट्टाएको बजेटबारे मुसहर समुदाय अनभिज्ञ रहेको छन् ।
अनडेफको सहयोगमा साउथ एशिया पार्टनरशिप नेपाल (साप नेपाल) द्धारा संचालित नेपालका स्थानिय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम अन्तर्गत स्थानिय तहको निति योजना,कार्यक्रम,बजेट तथा खर्चको अध्ययन गर्न नागरिक प्रतिवेदन पत्र विधिको प्रयोग गरि तयार पारिएको प्रतिवेदन अनुसार चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायको नाममा आउने बजेट कहाँ कहिले र कसरी खर्चहुन्छ भन्ने विषयमा सम्बन्धीत लक्षित वर्ग नै अनभिज्ञ रहेका पाइएको हो ।
स्थानिय सरकारको बजेट तथा योजनामा महिला भित्रको पनि अति विपन्न मुसहर महिलाको सहभागीता,पहुँच, अवसर र सेवाको अवस्थाबारे जानरकारी लिने,स्थानीय तहको बजेट तथा कार्यक्रम कार्यान्वयनमा माझी मुसहर समुदाय लाभान्वित भए÷नभएको अवस्था बारे समुदायसंग भेटेर तथा सामुहिक छलफल मार्फत अध्ययन गरेको प्रतिवेदन मुसहर अगुवा पंचुलाल माझीले प्रस्तुत गर्नु भएको थियो । गाँउपालीकाले बिगत ५ बर्षमा गरेको खर्चको आधारमा तयार पारेको प्रतीवेदन अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखी आर्थिक वर्ष २०७८÷०७९ सम्म मुसहर समुदायले स्थानिय सरकारले खर्च गरेको बजेटमा कुनै हिसा नपाएको दलित अगुवा पचुलाल माझीले बताउनु भयो ।
चन्द्रनगर गाउँपालिकाले गरेको र्खच तथा कार्यक्रमको आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाइ र्हेदा लक्षित समुदायसम्म बजेट नै नपुगेको देखिन्छ । त्यसमा पनि मुसहर समुदाय सम्म बजेट नै नपुगेको प्रतीवेदनमा उल्लेख छ । 
मुसहर समुदायमा गरिएको एक सर्भेक्षणमा ८० प्रतीशत मुसहर समुदायमा वजेट वारे जानकारी नै नरहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनु भयो । महिलाहरूको लागि रोजगारी र आय आर्जनमा सहयोग गर्ने कार्यक्रमहरू स्थानीय व्यवस्थापन समितिहरू ः खानेपानी उपभोक्ता समिती,विद्यालय व्यवस्थापन समिति,उपभोक्ता समितिहहरूमा मुसहर महिलाको प्रतिनिधित्व शुन्य रहेको सर्भेक्षणले देखाएको छ ।
विभिन्न सरकारी निकाय,विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्र्तवार्ता लिनुका साथै महिला समुहका अगुवाहरुसंग समुह छलफल र प्रश्न उत्तर विधमार्फत सर्भेक्षण गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा मुसहर महिला सशक्तिकरण मन्चका अगुवाहरुले समुहमा बसेर हाल सम्म गरेका कामको बारेमा प्रस्तुतीदिएका थिए ।
हाल सम्म कृषि समुह दर्ता गरेको,समुहको बैक खाता संचालन,बचत संकलन,क्षमता विकास तालिम संचालन,वाल विवाह,मद्यपान,धुम्रपान,जुवातासविरुद्ध जनचेतना अभिवृद्धि मुलक कार्यक्रम आयोजना गरेको,वडा कार्यलयमा बजेट माग गर्दै योजना बुझाएको,जन्म दर्ता,विवाह दर्ता र विद्यालय भर्ना अभियान संचालन गरेको समुहकी अगुवा शिवकली देवी माझीले बताउनु भयो ।
मुसहर समुदायको अवस्था सुधार गर्न गाउँपालिकाले शिक्षामा विशेष जोड दिनु पर्ने चन्द्रनगर गाँउपालिकाकी उपाअध्यक्ष गिता देवी महतोले बताउनु भयो । उहाँले मानिसको चेतनास्तर माथी उठेमात्र सबै कुरामा क्रमागत रुपमा परिवर्तन आउने बताउनु भयो ।
सरकारको नीतिमा दलित समुदायलाई निःशुल्क शिक्षाको व्यवस्था भएपनि कार्यान्वयनमा व्यवहारीक कठीनाई भएको गाउँपालिकाको शिक्षा शाखा अधिकृत कमला बस्नेतले बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुले राज्यको नीति अनुसार दलित समुदायलाई निःशुल्क शिक्षाको व्यवस्था भएपनि कार्यान्वयनमा विषेशचासो दिएर समस्याको समाधान खोज्नु पर्ने बताउनु भयो ।
चन्द्रनगर गाउँपालिकाको जम्मा जनसंख्याको आधारमा दलित माझी दोस्रो तथा  मुस्लिम समुदाय तेस्रोस्थानमा रहेकाले सो समुदायको लागि लक्षित गरेर छुट्टै इकाई खडा गरेर सेवा सुविधा प्रवाह गर्ने चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनुभयो । उहाँका अनुसार चन्द्रनगरमा तिन पुस्ता देखी बसोबास गर्ने मुसहर समुदायको नागरिकता,जन्म दर्ता,विवाह दर्ता नभएको हुँदा सेवा सुविधा लिनबाट बन्चित भएको अवस्थामा गाउँपालिकाले छिट्टै नै घुम्ती शिविर संचालन गरेर वडा–वडामा गएर घटना दर्ता प्रकृयालाई पुर्णता दिने बताउनु भयो । साथै साप नेपाललगायतका गैरसरकारी संस्थाहरुले दलित तथा लक्षित समुदायको सर्वाङ्गीण विकासमा ठूलोयोगदान गरेका कारण आफु स्थानिय सरकारको प्रमुख भएकाले यस प्रकारको अभियानमा सधैँ साथ र सहयोग रहने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech